विप्लव इन्चार्ज पौडैलको मृत्युः परिवार भन्छन्- पक्रेर हत्या गरियो

७ असार २०७६, शनिबार १०:०३

सर्लाही-सर्लाहीको लालबन्दी नगरपालिका–१, चुरे क्षेत्रस्थित लखनदेही खोलामा बिहीबार दिउँसो दोहोरो झडपको क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनास्थलमै प्रहरीको कारर्बाहीमा नेत्रविक्रम चन्द ‘बिल्लव’ जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको आफ्नो प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ भने उता परिवारले पक्रेर हत्या गरेको दाबी गरेका छन् ।

पूर्व पश्चिम महेन्द्र राजमार्गको नवलपुरचोकबाट करिब ३ किलोमिटर उत्तरस्थित घटनास्थल नजिकमा घसीबाख्रा चराईरहेका स्थानीयबासीसँगको सोधपुछमा दोहोरो भिडन्त हुने कुनै झल्को नभएको र त्यस्तो कुनै बन्दुक पड्किएको आवाज नसुनेको बताएका छन् ।

‘भिडन्तको नाम दिएर समाती प्रहरीले छोराको हत्या गरेको छ, छोराको लाश हेर्छु भन्दा पनि हेर्न दिएको छैन, प्रहरीले कुनै खोज खबर गरेको छैन ।’ मृतकको पिता खिलराज पौडेलले भने ।

यसै सन्दर्भमा सम्पर्क गर्दा सर्लाही प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोर भन्छन् ,‘ हामीले परिवारलाई लाश हेर्न रोकेका छैनौं । घटना सम्बन्धी राष्ट्रियस्तरमा कुरा आईसकेको छ परिवारका सदस्यहरुलाई अवश्य जानकारी हुनु पर्छ, लाश बुझ्नका लागि प्रहरीले पनि परिवारलाई जानकारी सकेको छ ।’ हत्याको बारेमा थप सोधपुछ गर्दा जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्तीमा सबैकुरा उल्लेख गरिसकेको सर्लाही प्रहरीका प्रवक्ता राठोरले बताए ।

जिल्लास्थित पत्रकारहरुले घटनाको बखत बिहिबार प्रहरीलाई सम्पर्क गर्न खोज्दा ५ घण्टासम्म पनि प्रहरी प्रवक्ताले फोन उठाएका थिएनन् । ईमेलबाट मात्रै एक्कासी जाकारी दिएका थिए पत्रकारहरुलार्य पनि हटना लुकाईनुनाले घटनाका सम्बन्धममा आशंका उब्जिएको पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरको कथन छ ।

कुमारका भाइ हरिकृष्ण पौडेलले घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । उनले भने ,‘ निष्पक्ष तरिकाले घटनाको छानविन हुनु पर्छ , सत्यतथ्य बाहिर ल्याउनु पर्छ ।’

शुक्रवार बिहान देखी नै मृतक पौडेलको घरमा आफ्नो आफन्त एवं स्थानीयको भीड लागेको थियो । राज्यप्रति आक्रशित देखिएका उपस्थितहरुले घटनाको निष्पक्ष छानविनका माग समेत गरेका छन् । प्रहरीको कारर्बाहीमा कुमारको मृत्यु भएको भन्ने खबर सुनेयता पौडेल परिवार शोकमा डुबेका छन् ।

स्थानीय बासीहरुले प्रहरीले पौडेलको हत्या गरेको दाबी गरिरहेकाले कांग्रेस सांसद मीना पाण्डेले निष्पक्ष छानविनका लागि आयोग गठन गर्न सरकारसँग माग गरिन् । कुन पार्टीमा लागेको छ के नराम्रो काम गरेको छ सरकारले चाहो राख्नु स्वभाविक भएपनि समातिसकेको व्यक्तिलाई गोली हानेर हत्या गर्नु गम्भीर मानव अधिकार हुने कुरा बताईन् ।

राष्ट्रिय मानवअधिकार आयोगले कुमार पौडेल हत्याको अनुसन्धान गर्ने भएको छ । शुक्रवार एक प्रेस विज्ञप्ती जारी गरी पौडेल हत्याको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*