नेपाली गीतमा सन्नी लियोनको आकर्षक नाच, हेर्नुहोस भिडियो

६ असार २०७६, शुक्रबार १९:१८

काठमाण्डौं सन्नी लियोन पहिलो पटक नेपाली गीतमा नाचेकी छन् । नेपाली फिल्म पासवर्ड फिल्मको ‘आजको साम बेबे, सबलाई सलाम बेबे’ भन्ने गीतमा नाचेकी छन् । दुर्गा खरेलको स्वर रहेको गीतको रचना विक्रम जोशीले गरेका हुन् भने संगीत अर्जुन पोखरेलले दिएका छन् । त्यस्तै गीतको एरेन्जर महाराजा थापाले गरेका छन् भने कोरियोग्राफर बिष्णु देवा सिन्दियाजले गरेका छन् । सम्राट बस्नेतले निर्देशन गरेको फिल्मको निर्मातहरुमा अमित बस्नेत र हिराल जोशी छन् ।

१३ जुनमा रिलिज गरिएको गीत यूटुबको ट्रेन्डिङमा १७ औं स्थानमा छ भने गीतले हालसम्म १८ लाख ६ हजार ८ सय चौसठ्ठी भिय्ज पाईसकेकोछ । ४ मिनेट बाईस सेकेन्डको गीतमा अनुप बिक्रम शाहीसँग फिचर्ड गरेकी सनी आकर्षक देखिएकी छन् । सनीको हाउभाउ, चेष्टा आकर्षक तथा कामुक देखिएको छ । गीतले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाईरहेकोछ । गीत बलिउड स्टाईलको सेटिङमा सुटिङ गरिएको छ । दर्शकहरुका अनुसार नेपाली फिल्म क्षेत्रपनि गरिब नरहेको प्रतिक्रया दिएका छन् । स्रोतका अनुसार यो गीतबाट मात्रै सन्नी लियोनले ५ करोड पारिश्रमिक बुझेको बताईएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*