आज पाँचौं अन्तराष्ट्रिय योग दिवस

६ असार २०७६, शुक्रबार १२:३५

तस्वीरः गुडफ्रिफोटो डटकम

पाँचौं अन्तर्राष्ट्रिय योग दिवस आज नेपाल सहित विश्वका १९४ देशमा योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।। जुन महिनाको २१ तारिखमा विविध कार्यक्रम गरी अन्तराष्ष्ट्रिय योग दिवस मनाउने गरिन्छ। ५ वर्ष अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस गरेको प्रस्तावमा नेपालका तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाले पनि समर्थन गरेका थिए ।

परापूर्व कालदेखी नै भारतीय उपमहादीपमा हाम्रा ऋषीमूनीहरुले योगको माध्यमबाट सिद्धी हाँसिल गरेका थिए । शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग हो । पूर्वीय दर्शनको एउटा महत्वपूर्ण उपहारका रूपमा योग हाम्रा ऋषीमूनीहरुले हामीलाई दिएका छन् ।

योगका ८ वटा चरणहरु छन् । पहिलो यम जसलाई समाजिक व्यवहार सञ्चालन गर्ने कानूनका रुपमा लिन सकिन्छ दोस्रो नियम भन्नाले आफ्नै अवलोकन गर्ने, तेस्रो आसन बस्ने तरिका जसलाई पतञ्जलीले स्थिर तथा आरामसँग बस्नु भनेका छन् । त्यस्तै चौथोमा प्रणायाम जसलाई स्वाँसको क्रिया भनी बुझिन्छ । पाँचौंमा प्रत्याहारा जसले आकर्षित नहुने बुझिन्छ । त्यसैगरि छैठोमा धारणा आउँछ यसले एकाग्रता बुझाउँछ । सातौमा ध्यान, ओसोले भनेका छन् ,‘जब मस्तिष्क शून्य हुन्छ तब ध्यान घटित हुन्छ र आठौमा समाधी यसलाई शुद्ध आत्माको अनुभूति भनि बुझ्न सकिन्छ । यसरी आत्माको ब्रम्ह वा परमात्मासँग एकता हुने कुरा ऋषीमूनीहरुले गरेका छन् ।

विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु, आत्म साक्षात्कार गर्नु नै योग भएकोले यसबाट मानिसमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँन, बुढेसकालमा पनि जवान झैं स्वस्थ र स्फूर्त बनाउँन सकिन्छ। योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउने, तनाव हटाई मीठो निद्रा लगाउने, भोकले गर्दा पाचन प्रक्रियालाई सही ढंगबाट संचालन गरी स्वासप्रश्वासको गति नियन्त्रण गर्छ।

पतन्जलीलाई योगको सुत्रधार भनिन्छ । भारतीय योग गुरुहरुले यूरोप, अमेरिकामा समय समयमा आ–आफ्नो योगको जादू देखाईसकेका छन् । केही दशक देखी स्वामी रामदेवले पनि विश्वभर आस्था टेलिभिजन च्यालनका माध्यमबाट योग फैलाउँदै लाखौं मानिसहरुलाई स्वस्थ्य बनाउने कार्यमा लागि परेका छन् ।

नेपाल लगायत विश्वभरि मानवीय जीवन शैलीमा परिवर्तन भैरहेको छ। बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा आवश्यक पोषण व्यायामको कमीले विभिन्न रोगको सिकार पनि भैरहेका छन्। योगले मानिसको जीवन शैली अनुशासित बनाउन साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्दछ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*