हुवावेको विश्वव्यापी ब्राण्ड इन्डेक्स्स स्थानमा सुधार

४ असार २०७६, बुधबार २१:४७

काठमाडौं । चाईनिज प्राविधिक व्यवसायलाई ग्लोबल व्यवसाय बनाएको हुवावेले सन् २०२० सम्म संसारकै सबभन्दा ठुलो स्मार्टफोन हुने लक्ष्य राखेको छ । हुवावेले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु बढाएको छ । डब्लुपीपीको रिसर्च आर्म क्यान्टरले प्रकाशन गरेको ब्रान्डजेडको बार्षिक हुवावे सबैभन्दा बढी महत्त्वपूर्ण ग्लोबर ब्रान्डस् स्टडीमा हुवावे गत वर्षभन्दा एक स्थानमाथि उक्लिदैँ ४७औँ स्थानमा पुगेको छ । साथै ब्रान्ड भ्यालुमा पनि ८ प्रतिशतले वृद्धि भएको छ ।

हुवावे पी ३० स्मार्टफोनको अत्यधुनिक क्यामरा प्रणाली तथा फाइभ जी क्षमता र फोल्डेबल डिजाइन भएको अभूतपूर्व प्राविधिक नवीनता जडित हृवावे मेट एक्स हृयान्डसेट संचारक्षेत्र र ग्राहकहरूमाझ लोकप्रिय छ । साथै सबैभन्दा राम्रो प्रोडक्ट रिभ्युहरू, थुप्रै पुरस्कारहरू र सफलता पाएको छ र यो
हुवावेको बढ्दो बिक्रीबाट पनि झल्किन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*