गुठी विधेयक खारेजीको माग गर्र्दैं काठमाण्डौंमा बिशाल प्रर्दशन

४ असार २०७६, बुधबार २०:३७

काठमाण्डौं- गुठी विधेयक खारेजीको माग गर्दै बुधवार काठमाडौंको माइतीघरमा बिशाल प्रदर्शन सहितको खबरदारी सभा गरिएको छ । काठमाडौंको विभिन्न ठाउँबाट सुरु भएको जुलुस माईतीघर पुगेर सभामा परिणत भएको थियो । सरकारले मंगलबार गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि गुठी विधेयक नै खारेजीको माग गर्दैं माईतीघरमा बिशाल प्रदर्शन भएको हो । नेपाली झण्डा बोकेर जुलुसमा सहभागी भएकाहरुले विभिन्न नारा लेखिएको ब्यानर र झाँकीसहित काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका नेवार तथ अन्य समुदाय माईतीघर आइपुगेका थिए ।

काठमाडौं उपत्यकाको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटन, भक्तपुर लगायत शहरबाट निकालिएको जुलुस माईतीघरसम्म पुगेको थियो । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयकमा निजी गुठी र सार्वजनिक गुठीलाई एउटै प्राधिकरण अन्तर्गत राख्न नहुने माग समेत राखेका छन् ।

प्रदर्शनका क्रममा भएको फोहर प्रदर्शनकारी आफैले व्यवस्थापन गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*