युएईमा गौतम बुद्धको २५६३ औं जन्म जयन्ती मनाउने

२९ जेष्ठ २०७६, बुधबार १६:५८

फलेन्द्र बलम्पाकी, युएई-
कपिलवस्तु जिल्लाको तिलौराकोट राज्यको राजमहलमा आज भन्दा २५ सय वर्ष पहिले जन्मेका विश्व शान्तिका अग्रदुत महामानव भगवान गौतम बुद्धको २५६३ औं जन्म जयन्ती युएईमा आउदो जुन १४ तारिख (जेष्ठ ३१) का दिन सम्पन्न हुदैछ । ११ वटा जातीय संघसंस्थाहरु आबद्ध साझा संगठन नेपाल आदिवासी जनजाती महासंघ , युएईको तत्वाधनमा हुन लागेको हो।

विगतमा युएईका संघ संस्था र व्यक्तिहरुले आआफ्नै तरिकाले मनाउदै आएपनि १२ मई २०१७ देखि भने युएईमा कृयाशिल रहेका सम्पुर्ण संघसंस्था, व्यवसायी र बुद्धिजीवीहरुको बाक्लो उपस्थितिमा २५६१ औं संयुक्त बुद्ध जयन्ती हर्शो उल्लासका साथ सु-सम्पन्न भएका थिए । त्यस संयुक्त बुद्ध जयन्ती कार्यक्रमको मुल व्यवस्थापन आदिवासी जनजाति महासंघले गरेका थिए । त्यसपछि लगातार ३ वटा संयुक्त कार्यक्रम सम्पन्न भए । युएईमा ३ लाखको हाराहारीमा नेपालीहरु रोजगार र व्यवसाय गरेर बसेका ती सबै नेपालीहरुलाई एकताबद्ध गरि आर्थिक सामाजिक रुपान्तरण र भाइचाराको सम्बन्धलाई स्थापित गर्ने उदेश्यले विभिन्न चाडपर्व र विशेष दिनको अवसर पारेर कला, धर्म, संस्कृति र पहिचान बोकेका चाडपर्वहरु ल्होछार, दसैं तिहार, तीज, माघे संक्रान्ती र बुद्ध जयन्ती जस्ता अन्य कार्यक्रमहरु संयुक्तरूपमा मनाउने उदेश्यले युएईको सबैभन्दा पुरानो संस्था नेपाली समाज, युएईमा आबद्ध संघसंस्थाहरु र नेपाल आदिवासी जनजाति महासंघ बीचमा भएको भद्र सहमति गत वर्षको संयुक्त तीज धमाका २०१८ को कार्यक्रमको तिव्र गतिमा तयारी हुँदै गर्दा जनजातिका केही असामाजिक तत्वहरुले जातीय र धार्मिक विषयलाई उठाई विवादास्पद बनाई त्यो भद्र सहमति र भाइचाराको सम्बन्ध अन्ततः तुहिएर गयो ।

भगवान गौतम बुद्ध कुनै विशेष जात र धर्म को मात्र नभई सिंगो नेपाल राष्ट्रको गहना हो । जुनसुकै जात र धर्म माने पनि नेपाली सबैले भगवान गौतम बुद्ध लाई विश्व शान्तिका पितामह भनेर श्रद्धा र सद्भाव राख्ने गर्छन ।

बुद्ध जयन्ती कार्यक्रम गएको वैशाख शुक्ल पुर्णिामा कै दिन आयोजना हुन नसक्नुमा ईस्लामिक धर्ममा पवित्र महिना रमादान र किराँत जातीहरुको साकेला पर्व परेको हुनाले आउदो जुन १४ तारिखमा सम्पन्न गर्न लागिएको र तयारी लगभग पूरा भैसकेको कुरा कार्यक्रम संयोजक सनिल घिसिङले जानकारी गराएका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*