गुलरियालाई बालबिवाहमुक्त बनाई बालमैत्री नगरपालिका बनाउने प्रतिबद्धता

२७ जेष्ठ २०७६, सोमबार १८:५१

बर्दिया- गुलरिया नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने एक कार्यक्रमका सहभागीले बताएकाछन् । बालअधिकार समिति पदाधिकारीहरुले बालविवाह अन्त्यगर्नका लागि कार्य योजना आईतबार बनाएका छन् । सो कार्य योजना कार्यक्रममा गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरीले गुलरिया नगरपालिकाले बालबिवाहमुक्त बनाई बालमैत्री नगरपालिकाको निर्माणगर्ने र बालबालिकाको अधिकारका लागि बाल संरक्षण कार्यविधिका आधारमा कामगर्ने बताईन् । साथै उहाँले बालबालिकाको अधिकार सुनिश्चितताका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाईन् ।

गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र पौडेलले तत्काल नै बालअधिकार ऐन बनाएर काम गर्ने बताए । कार्ययोजनामा बालअधिकार समितिका पदाधिकारी र बाल सञ्जालका सदस्यहरूको सहभागी रहेको थियो ।

बालअधिकार समितिको कार्य योजनाको सहजिकरण स्याक नेपालका टिमलिडर नेत्रकला शाही र शेषकान्त शर्माले गरेका थिए ।स्याक नेपाल, बाँकेको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित बालिका संरक्षण परियोजनाले गुलरिया नगरपालिकालाई बालबिवाहमुक्त बनाउने लक्ष्य राखेको छ । सोही परियोजना अन्तर्गत बालअधिकार समितिको सहकार्यमा सो कार्य योजना निर्माण भएको छ । कार्ययोजना निर्माण गर्दा बालअधिकार ऐन २०७४का प्रावधानमा रहेर बनाईएको स्याक नेपालका अशोक चौधरीले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*