विद्यालयमा हुने हिंसा रोक्न प्रतिबद्ध शिक्षक

२४ जेष्ठ २०७६, शुक्रबार ०९:१५

सोम गुरुङ,बर्दिया – बढैयाताल गाउँपालिकाका प्राधानाध्यापकहरुले विद्यालयमा हुने हिंसा रोक्नट प्रतिबद्धता जनाएका छन । विद्यालय हाताभित्र, विद्यालय आउँदाजाँदा, घपरिवार र समुदायमा बालबालिकामाथि हुन सक्ने सबै प्रकारका भेदभाव, दुव्र्यवहार, शोषण,लैङ्गिक हिंसा, बेवास्ता वा हेलचेव्रmयाइँ, शारीरिक वा मानसिक दण्डसजाय, बुलिङ् लगायतको रोकथाम गर्नसवै शिक्षक तथा अभिभावकहरुले जोड दिनुपर्ने कार्यक्रमका सहभागीले बताएका छन् । बढैयाताल गांउँपालिका स्तरीय बालसंरक्षण समितीको समन्वय र शिक्षा शाखाको आयोजना र प्लान ईन्टरनेशनल नेपाल र सामाजीक सचेतन सरोकार मञ्च (स्याक)को सहयोगमा बढैयाताल गाउँपालिकामा वडा नं १ देखी ९ वडाका विभिन्न प्राधानाध्यापकहरुको सहभागितामा बालविवाहन्यूनीकरण र विद्यालयमा आधारीत हिंसा रोक्न प्रतिबद्व भएका छन ।

सो कार्यक्रमको सहजीकरण बढैयाताल गाउँपालिका पालिकाका शिक्षा शाखाका श्रोत ब्यक्ती विमला गुरुङ्गले गरेका थिए यस्तै कार्यक्रम समापनको क्रममा अभिभावक, जनप्रतिनिधिहरुले आउदा दिनहरूमा अभिभावकले छोराछोरीहरुलाई असल अभिभावकको भूमिका खेल्नु पर्नेमा जोड दिएका छन् । स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले अन्तक्रिया कार्यक्रमका सवै सहभागीहरुलाई आपफ्नो बिधालयमा भएरहित शिक्षण सिकाई लागू गरि बालबालिकालाई बालबिबाह र अन्य दब्र्यवहारबाट संरक्षण गर्न शिक्षकहरुको अहंम भुूमिकाहुने बताए ।स्थानीय तहहरुमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सञ्चालन गर्न पालिकाले सम्पूर्ण सामाजिक संस्था,प्रहरी, विद्यालय र सबै निकायसंग समन्वय र सहकार्य गरि योजना अनुसार कार्य सबै वडाहरूमा अभियानको रुपमा अघि बढ्ने र यस गाउँपालिकालाई नमूना वनाउनका लागी विभिन्न खाले हिंसा रोक्नु पर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्न बालमैत्री बातावरण सृजना गर्नु पर्ने बालसंरक्षण समितीका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष दिपा गौतमले बताए । त्यसैगरि आगामी दिनहरुमा कोहि वालबालीकाहरु विद्यालयवाट बञ्चित नहुने र यसको लागी सबैले सचेत नागरिकको भूमिका निर्वाह गर्नु पर्ने साथै सम्पुर्ण बालबालिकाका बालश्रममुक्त हुनुपर्ने सहभागीहरुले बताए ।

बढैयाताल गाउँपालिकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याक नेपालका शेषकात्त शर्माले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*