विश्व धुम्रपान रहित दिवस सर्लाहीमा पनि मनाइयो

१७ जेष्ठ २०७६, शुक्रबार १७:२२

राजु तामाङ, सर्लाही-
आज परेको विश्व धुम्रपान रहित दिवस देशभर सरकारी तथा गैरसरकारी संस्थाहरुले मनाईरहँदा सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ। हरिवन १० नयाँ रोडमा रहेको सर्लाही एम्बिशन एकेडेमीले बिहान दिवसको अवसरमा य्राली निकालिएको हो। विद्यालयबाट निकालिएको य्राली आदर्श चौक हुदै सुखेपोखरी ब्रदर्स आयल स्टोर्स सम्म पुगी नयाँरोड चौकमा कोणसभा गरेको थियो कोणसभामा चुरोटको ठुलो प्रतिमा बनाई उक्त चुरोटलाई जलाई दिवस मनाइएका थिए। स्थाई प्रहरी पोस्ट नयाँरोडको सहयोगमा एम्बिशन एकेडेमीले विद्यार्थी, अविभावक र सिङ्गो समाजलाई जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक बुद्ध पाख्रिनले जानकारी गराए।

विद्यार्थीले धुम्रपानको अन्त्य स्वास्थ्य जीवनको गन्तव्य, चुरोड बिढी त्यागौ क्यान्सर रोगबाट बचौं, र त्यागौ तुरुन्तै चुरोट बिढी नबनाउ तुरुन्तै स्वर्गको सिडी, जस्ता नारा लगाएका थिए। विद्यालय र आफ्नो घर परिवारबाट साना साना बाबुनानीलाई धुम्रपान जस्ता कुलतमा लाग्नबाट जोगाउन र आफै स्वयं पनि लाग्न नहुने जानकारी गराएका थिए। यसरी समाजमा कुलतको बाटोमा लाग्न बाट बचाउन व्यक्ति आफै पनि लाग्नु पर्ने र य्रालीमा उपस्थित भएका सम्पूर्ण विद्यार्थी, शिक्षक शिक्षिका ट्राफिक प्रहरी लगायत उपस्थित सम्पूर्णमा विद्यालयको तर्फबाट विद्यालयको व्यवस्थापक शिक्षक सुबोध मण्डलले मन्तव्य राखेका थिए।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*