सुशासन र सूचनाको हक सम्वन्धी अनुशिक्षण

१६ जेष्ठ २०७६, बिहीबार १८:३३

नेपालगञ्ज – सुशासन र सूचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम आज नेपालगञ्जमा गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले आयोजना गरेको अनुशिक्षण कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका नगरप्रमुख डा.धवलशम्सेर राणाले स्थानीय तह स्थापना भएर बजेटको आकृति बढेपछि स्थानीयको चासो बढेको बताए ।

विकास निर्माण तथा अन्य योजनाहरुको पारदर्शिता र सुशासनकालागि सूचनाको हक महत्वपूर्ण औजार भएको नगरप्रमुख राणाको कथन छ । राणाले केही झण्झटिलो कानूनी प्रक्रिया र श्रमदानले काम हुन नसकेर बजेट फ्रिज हुने सम्भावना बढेको बताए ।

जुनसुकै निकायमा सूचना माग्दा सही नियत र सत्य तथ्यरुपमा सूचना माग्नुपर्नेमा जोड दिदै त्यसको गलत प्रयोग गर्ननहुने उपनगरप्रमुख उमा थापा मगरको भनाई थियो । उपनगरप्रमुख थापाले नेपालञ्ज उपमहानगरपालिकाले सुशासन र पारदर्शिताका लागि विभिन्न संयन्त्रको विकास गरि सूचना प्रवाह गरिरहेको जानकारी दिए ।

स्थानीयतहमा संघियता, यसको प्रयोग, सुशासन र सूचनाको हकका बारेमा सूचनाविज्ञ तथा अभियन्ता धमेन्द्र झाले कार्यक्रममा सहजिकरण गर्दै स्थानीय तहमा प्रभावकारी सुशासन कायम गर्नका लागि नागरिकको ठुलो साचो सूचनाको हक भएको बताए ।

अनुशिक्षणमा उपमहानगरपालिका मेयर, उपमेयर, २३ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र विभिन्न शाखा प्रमुख तथा वरिष्ठ कर्मचारी गरि ५० जना भन्दा बढीको सहभागिता रहेको संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले जानकारी दिए ।

संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अन्त्यमा नगरमा पारदर्शिता तथा सुशासनको अभ्यास, समस्या, चुनौती लगायतका विषयमा अन्र्तक्रिया समेत गरिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*