मनले पनि ढाटेछ अब

१६ जेष्ठ २०७६, बिहीबार १८:०५

मनले पनि ढाटेछ अब
समयले नेटो काटेछ अब ।

केश फुले, दार्ही सबै सेतो
छाला हेरो उस्तै फाटेछ अब ।

सम्म बाटो खाल्टाखुल्टी लाग्छ
आँखाले पनि जालो बाटेछ अब ।

कसैले बोलाउछन् सुन्न खोज्छु
कानले पनि आवाज साटेछ अब ।

यस्तै र छ जीवनचक्र घुमी रहने
मलाई पनि बूढयौलीमा राखेछ अब ।

सरोज दाहाल
हरिवन- १० सुकेपोखरी, सर्लाही


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*