सामुदायिक विद्यालयका एक सय ४८ जना विद्यार्थीलाई झोला वितरण

१६ जेष्ठ २०७६, बिहीबार १७:४०

राजु तामाङ, सर्लाही
सर्लाहीको हरिवन ४ मा रहेको श्रीमती माईरानी माविका विद्यार्थीलाई झोला वितरण गरिएको छ। वडाबाट छुट्याइएको आर्थिक बजेटबाट वडा कार्यलयले बिहीबार एक कार्यक्रमका बीच झोला वितरण गरेको हो। हरिवन नगरपालिकाका नगरप्रमुख गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको थियो।

बाल विकासका विद्यार्थी ४८ जना, नयाँ भर्ना भएका विद्यार्थी ७० जना र गत सालको परीक्षामा कक्षा १ देखि १० सम्मका प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थी ३० जना गरी १४८ जना विद्यार्थीलाई वडा कार्यालयले झोला वितरण गरेको जनाएको छ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र विद्यालयमा विद्यार्थी नियमित आउने बानी बसाल्न उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाको बजेटबाट थोरै भए पनि झोला वितरण गरिएको वडा अध्यक्ष धन बहादुर वाईबाले जानकारी दिए । सोही अबसरमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई निस् शुल्क स्वास्थ्य जाँच गरिएको छ। हरिवन नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय स्वाभिमान अस्पतालको आयोजनामा विद्यार्थीको स्वास्थ्य जाँच गरिएको हो।

यस अघि हरिवन ८ को जनजागृति मावि, २ को राम अवतार माविका विद्यार्थीलाई निस् शुल्क स्वास्थ्य जाँच गरिसकेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीको नाक, कान, दाँत र रक्त समुह परीक्षण गरी उनीहरुलाई विद्यार्थी सहुलियत कार्ड पनि वितरण गरिएको छ। कार्ड प्राप्त गरेका विद्यार्थी र शिक्षकहरु एक वर्ष भित्रमा घर वा विद्यालयमा कुनैपनि बिरामी भएको खण्डमा स्वाभिमान अस्पतालले निशुल्क उपचार गरिदिने बताईएको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*