सुख्खा मौसमका कारण व्यवसायीक तरकारी खेतीगर्ने किसान मारमा

१४ जेष्ठ २०७६, मंगलवार १८:४८

राजु तामाङ, सर्लाही-
लामो समयको खडेरीका कारण पानी नपर्ने समस्या, कडा घाम, तातो हावा तथा सुख्खा मौसमले व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका किसानहरु अहिले समस्यामा छन्।

खेतीको लागि पानी समयमा नपर्दा किसानले लगाएको मकै सुक्दै गएको हो। त्यस्तै वर्षा नभएकाले अहिले प्रत्येक दुई तीन दिनको अन्तरालमा भिन्डी (रामतोरिया), लौका,करैला, बोंडी,घिरौला ,जस्ता हरियो तरकारीमा सिंचाइ गर्नु परेको छ । जसले गर्दा थप आर्थिक भार पर्न गएको उनीहरूको गुनासो छ। कविलासी नगरपालिका ९ सलेमपुरका किसान रामअशिष रायका अनुसार वर्षा नभएका कारण तराईको तापक्रम बढेको छ। जसले गर्दा माटोको नरमपना समाप्त भएको छ।

अत्याधिक गर्मी तथा कडा घामले बालीबिरुवालाई सुखाउने भएकोले मजबुरीबस दुई तीन दिनको फरकमा बोरिङको सहायताले सिंचाइ गरिरहनुपर्छ। दमकल र बोरिङको प्रयोगले आकाशे पानीको भरमा तरकारी खेती गर्दै आएका किसानहरुको उत्पादन खर्च बढेको र लागत अनुसारको मूल्य समेत पाउन नसकेको अगर्वाका किसानहरुले गुनासो गरेका छन। यस्तै अवस्था रहिरह्यो भने व्यवसायीक तरकारी खेती गरेर गुजारा चलाउँदै आएका किसानहरुलाई विस्थापित हुन समय नलाग्ने किसानहरुले चिन्ता व्यक्त गरेका छन् ।

मौसमविद्धहरुका अनुसार अझैं केही दिन तराईमा पानी पर्ने सम्भावना नरहेको र तराईमा सुख्खा हुने साथै गर्मी बढ्ने सम्भावना रहेको जनाएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*