सर्लाही सेवा समाज, युएईद्वारा उद्दार गरिएका महिला, स्वदेश फिर्ता

१४ जेष्ठ २०७६, मंगलवार ००:०७

फाईल फोटो

फलेन्द्र बलम्पाकी मगर, युएई –

दलालको झुठो प्रलोभनमा परि भारतको बाटो हुँदै युएई पुर्याइएकी । सर्लाही जिल्ला , हरिवन नगरपालिका वडा न ५ कि शर्मिला तामाङ (परिवर्तित नाम)लाई युएईका दलाल सुजन तामाङले अल याहर हाउस मेड कम्पनीलाई मोटो रकममा बेचेको र ती कम्पनीले भने जस्तो ग्राहक नपाएपछि शर्मिला लगायत अन्य १० जना महिलाहरुलाई अल ऐन स्थित कम्पनीको आवासगृहमा ८ महिना सम्म बन्दी बनाएर राखिएको शर्मिलाको दाइ मार्फत सर्लाही सेवा समाज, युएईलाई उद्दारका लागि अनुरोध गरिदिन नेपालमै रहेका सर्लाही सेवा समाज, युएईका निवर्तमान महासचिव बिनेश कार्कीलाई अनुरोध गरेका थिए ।

निवर्तमान महासचिव कार्कीले सर्लाही सेवा समाज, युएईलाई जानकारी गराएपछि संस्थाका दुई जुझारु सदस्य हरु अनुराग थपलिया र रेकेन्द्र कार्कीको अथक प्रयासबाट नेपाल एम्बेस्सीको सहयोगमा ती महिलाहरुलाई कम्पनीबाट बाहिर ल्याइ मेडिकल परीक्षणपछि नेपाल एम्बेस्सीको सेल्टरमा राखेको थियो । सम्पूर्ण कागजी प्रक्रिया पूरा गरि तामाङ समाज, युएईले हवाई टिकटको व्यवस्थापन गरिए पश्चात् स्वदेश फिर्ता पठाइएको जानकारी सर्लाही सेवा समाज , युएईका महासचिव इन्द्र सेन्चुरीले परिचर्चा न्युज न्यूज डटकमका युएई संवाददातालाई बताए।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*