समिक्षा- उपन्यास- जेब्रा क्रस (तर्कना शर्मा)

१२ जेष्ठ २०७६, आईतवार १९:४५

पछिल्लो समय प्राय : सबै किसिमका लेखकहरु उपन्यासतिर ढल्केको पाइन्छ । कविता ,कथा ,निबन्ध ,गीत जुनसुकै विधाका लेखकले पनि उपन्यासलाई माया गरेजस्तो देखिन्छ । त्यसो त उपन्यास धेरै पढिने विधा पनि भनिन्छ। कतिपयको नजरमा उपन्यास साहित्य जगतको नाम र दाम दुवै कमाउन सकिने विधा हो भनेको पनि सुनिन्छ र सत्य हो पनि ।
किनकि, उपन्यासमा कथाभित्र सम्बाद, पटकथा, पात्र, घटना, परिस्थिति, समाजिक मूल्य र मान्यता, दुखसुख,संयोगात्मक, वियोगात्मक, गरिबी-अमिरी, न्यायअन्यय, उत्पीडन र उन्मुक्तिका कथा र व्यथालाई आख्यानकोसूत्रमालामा उनेर, बडो रूचीपूर्वक लेखकहरूले एक चलचित्रमाझैं पस्किएको हुन्छ र पाठकहरूले पनि चलचित्रकैपात्रझैँ सम्झी उपन्यासमा चलचित्रै हेरिरहेका हुन्छन् । एक कुशल लेखकले उपन्यासमा क्युरिसिटी म्याग्नेट क्रेट गरेको कारणले पनि पाठकमा अब के हुन्छ त, अबयसपछि के आउँछ त भन्ने एक छुट्टै किसिमको पाठकिय रस बनेको हुनाले पनि उपन्यास पाठकहरूको एक रुचीकोविषय बन्नपुगेको हो । अझै भनुँ, उपन्यासलाई युरोपतिर एक नयाँ महाकाव्यको रूपमा पनि लिने गरिएको पाइएकोछ ।
त्यसैले, अहिले बजारमा उपन्यासको माँग बढ्दो छ र हाल कविहरू पनि कवितालाई थन्याएर आख्यानकैजोड्तोडमा हारजितको बाजी खेलिरहेका देखिन्छन् ।
मैले लेखक सुबिन भट्टराइको उपन्यास्देखि लिएर मदन पुरस्कृत उपन्यासहरू मात्रै झन्डै तीन दर्जनजति अरूपनि थुप्रै आख्यान र गैर आख्यानहरू पढिसकेको छु । सबैमा आ-आफ्नै विषयवस्तु र समाजिक चित्रण रहेकोपाइएको छ । कुनै पनि लेखकहरूले सम्भवत पाठकहरूकै हृदयभित्र गहिरो परेड खेल्न सकियोस् र कृतिले अपारसफलता प्राप्त गरोस् भन्ने हेतुले नै जोड्तोड प्रयास गरी लेखिएको पाईँन्छ । केही राम्रा लेखकहरूले आख्यानमाअपार सफलता नाम र दाम दुबै कमाएको पनि यदाकदा सुन्नमा आएकै हो ।

हाम्रो प्रायजसो भेट नभएता पनि तर आक्कल-झुक्कल भृकुटी मण्डपतिर चियापिउँदा भेट हुने तर्कना शर्माज्यूलाई यो भन्दा पहिले म समाजका सीमान्तकृत वर्गलाई रचनामा विशेष स्थान दिन रुचाउने लेखिका र कविता,गीत र समालोचनमा कलम चलाउने एक प्रखर लेखिकाको रूपमा चिन्दै आएको थिएँ । तर आज आएर शर्माज्यूको पहिलो आख्यान उपन्यास जेब्र क्रसले शर्माज्यूलाई अब एक राम्रो आख्यानकारको लिस्टमा पनि स्थापित नाम राख्नसफल भएको पाइएको छ । जसको चर्चा परिचर्चा बजारमा निकै सुन्दै आएको छु ।


लेखिका शर्माज्यूले “जेब्रा क्रस” उपन्यासमा नायिका ‘भावना’को भावनाभित्र एक सपनाको राज कुमारको परिकल्पना रहेको दर्शाएको छ । जसमा जीवनको अर्थ जिउनु हो र प्रकृतिले दिएको भौतिक शरीरले भौतिक भोगगर्नु भनेको सृष्टीहुनुको सही अर्थ हो भनेर प्रष्ट्याइएको पाईँन्छ । र अर्को पाटो जिउनु भनेको प्रेमको उद्यानमा फूल भएर फक्रनु हो । यही जीवन जिउनुको अर्थमा जिउनलाई रहरभित्र प्रेम, माया र विपरित लिङ्गको जिजीविषा टुसाइरहने हुँदा, प्रेमको सिला खोज्दै जाँदा भेट हुन्छ भावनालाई एक सपनाको राजकुमार पृन्सिपल ‘बिराज’ ।
अब उपन्यास जेब्र क्रसको असली कथा बिराजको एन्ट्रीबाट एन्ट्री हुन्छ । जब बिराजले भावनालाई निकैनै इमोस्नल बनाएपछि सहमतिमा पच्चास रुपियाँको सिन्दूरले वैवाहिक जीवनको सूत्रमा बाँधिन्छ दुबैजना । तर अचम्मलाग्दो कुरा के छ भने यो उपन्यासमा- विवाहको पहिलो सुहागरातमै बिराज अलग्गिएर सुतेको देख्दा, कताकताभावनाको मनभित्र शंकाका असंख्य पालुवाहरू टुसाउन थाल्दछन् ।
भावना आफूलाई भावना हुनुको अर्थ खोज्नु थाल्छे । भावना आफूमा, भौतिक शरीरहुनुको अर्थ के त ? भावनाआफूमा, भौतिक शरीरले भौतिक भोगनै गर्नु पाएन भने, जिउनुको असली माने के त ? भावना प्रकृतिले दिएकोशरीरमा देखिने बिम्ब आँखाको धोका हो या शरीरको खोलभित्र लुकेको अरूनै कुनै गहिरो समुद्री रहस्य ? आदिइत्यादी रहस्यको उद्यानमा जटिलताको प्रश्नहरू टिपेर समस्याको डालोमा थुपार्दै जान्छे । भावना सपनाको राजकुमारमा साक्षत बिराजै आफूले पाउँदा, कल्पनामा भौतिक शरीरको चरम आनन्दमा चुर्लुम्म डुब्छे । जस्तोकि-मेरा लजाएका गाजलु आँखाले उसको मदहोस मुहार नियाल्नेछन् । अचानक उसले मलाई जोगी लहराले पैँयुँको रूखलाई बेरेजस्तै अँगालोमा बेर्ने छ । अलिकति झुकेर भन्ने छ- ‘त्यसरी न हेरन रानी । तिम्रा आँखामा आगोकोलप्का छ । म जलेर भस्म हुनेछु ।’
उफ ! झुकेर उसले मेरो निधारमा चुम्ने छ । गाला, नाक, ओठ ।उसका खिरिला औँलाहरूले अरू केके स्पर्श गर्नेछ कुन्नि ? उफ् ! मैले आफैलाई बिर्सिसकेकी हुनेछु त्यत्तिखेर सायद । म होसमै रहदिँन होला, सायद । म पनित्यसैगरी आफूलाई खोल्दै जानेछु, जसरी उसले खोल्न चाहन्छ मेरो यौवनको कसिला गाँठाहरू ।
खै ऊ मेरो कुनकुन संवेदनिशील अङ्गको !

समिक्षक- राजबाबु श्रेष्ठ ‘सागर’


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*