सन्दिप दोस्रो पटक क्यारिवियन प्रिमियर लिगमा अनुबन्ध

९ जेष्ठ २०७६, बिहीबार ११:१९

नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लगातार दास्रो पटक अनुबन्ध भएका छन् । सन्दिप बार्बाडस ट्राइडेन्टस टोलीमा अनुबन्ध भएका छन् ।

लिगका लागि बुधबार साँझ देखि लन्डनमा जारी बोलकबोलमा सन्दीपलाई बार्बाडसले पाँचौ राउन्डमा अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर ९करिव ८० लाख नेपाली रुपैयाँ० प्राप्त गर्नेछन् ।

सीपीएलको ड्राफ्टमा रहेका खेलाडीको बोलकबोल लन्डनमा जारी छ । सन्दीपको टोलीमा बुधबार अबेरसम्म एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली र वाहब रियाज समेटिएका छन् ।
सीपीएल ड्राफ्टमा नेपालका सन्दीप सहित युवा दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल परेका थिए ।

सीपीएलको नयाँ संस्करण सेप्टेम्बर ४ देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा हुनेछ । सन्दीपले अघिल्लो सिजन सेन्टकिट्स एण्ड नेभिस प्याट्रियट्सबाट पाँच खेलमा सात विकेट लिएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*