‘त्यस्तो स्कूल चाहिन्न’

६ जेष्ठ २०७६, सोमबार ११:४४

आमा बोल्ने भाषामा “आमा” भन्न पाईन्न
बाबा–आमा मलाई त्यस्तो स्कूल चाहिन्न !

आफूभन्दा गरुङ्गो पुस्तकको झोला
हिंड्न उस्तै गाह्रो छ, तर्नुपर्ने खोला !
जुत्ता भिज्यो पानीले चप्पल लाउन पाईन,
बाबा–आमा मलाई त्यस्तो स्कूल चाहिन्न !

घाँटी कस्छ बेस्सरी स्कूलको टाईले
दिदी टाई फुकाल्देऊ भन्छ सानो भाइले !
टाई नभई घाँटीमा भित्र पस्नै पाईन्न,
बाबा–आमा मलाई त्यस्तो स्कूल चाहिन्न !

पढाई लेखाई कतो छ ? चिन्ता गर्ने को छ र ?
मेरो ईच्छा कस्तो छ ? सोध्ने खोज्ने को छ र ?
लड्दा आफ्नो भाषामा “ऐय्या” भन्न पाईन्न,
बाबा–आमा मलाई त्यस्तो स्कूल चाहिन्न !

प्रभा भट्टराई


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*