जनप्रतिनिधिलाई सुझाब

२ जेष्ठ २०७६, बिहीबार १७:२८

खर्च गर्नु र पेट भर्नु जति छ, भएजती सबै गर।
जनताहरुले जिताए हेरे, तर अर्को चोटि के भर।।

आएको छ बजेट ठूलो गाउँको बिकास गर भनि,
कुखुरा, भेडा, खसी जति सबैको लाग्छ जनतालाइ कर
जनताहरुले जिताए हेरे, तर अर्को चोटि के भर।।

बिकास गर्छु भन्दै तिमी उखान टुक्का जोड्दै गर,
आफू चढ ठुला गाडी, जन्तालाइ छैन घर छाउने खर।।
जनताहरुले जिताए हेरे, तर अर्को चोटि के भर।।

झुपडी त्यो जनताहरुको, लडेरनी के भा छर।
यहि कार्यकाल भित्रै बरु बनाउ तिमी अग्लो घर।।

राम्रो लाउ, मिठो खाउ, मेटाउ सबै तिम्रो रहर।
जाउ घुम्न कहिले हिमाल र बेसि अनि ठुला ठुला सहर।।

जन्ता सबै हेर्छ्न यहाँ मुक दर्शक बनी।
अति सुन्दर अनि धनी मुलुक बन्छ नेपाल भनी।।

ठुला ठुला भाषणले उब्जिएका छ्न धेरै रहर।
सानो हाम्रो गाउँ पनि बन्ला ठूलो शहर।।

दिप थापा
सिन्धुली
हाल स्वीडेन


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*