सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय युवा सम्मेलन हुँदै

३० बैशाख २०७६, सोमबार २१:२०

धनगढी-
सुदूरपश्चिम प्रदेशको मुख्य शहर धनगढीमा प्रदेश स्तरीय युवा सम्मेलन हुने भएको छ । युवा सम्मेलनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाहरुबाट दुई सय ४४ युवा जेठ १ र २ गते धनगढी आउने भएका छन् । सो प्रदेश स्तरीय युवा सम्मेलन युवाहरुलाई नेपाल युवा परिषदले युवा सशक्तीकरणको बारेमा तालिम दिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । नेपाल भम्रण बर्ष २०२०, जलवायु परिवर्तन तथा युवा नेतृत्वका बारेमा परिषदले युवाहरुलाई प्रशिक्षण दिने नेपाल युवा परिषद सुदूरपश्चिम पदेश संयोजक बसन्ती सापकोटाले जानकारी दिईन् ।

१८ देखि ३० बर्ष उमेरका युवाहरुलाई धनगढीमा भेला गर्दै अन्य पहाडी जिल्लाहरुमा पनि संगठनको बिस्तारको तयारी रहेको परिषदका केन्द्रीय सदस्य भिमबहादुर साउँदले बताए । सुदूरपश्चिमका अछाम, दार्चुला र कैलालीमा मात्र संगठन बिस्तार गरिएको भएपनि यो भेलाबाट नौ वटै जिल्लामा शाखा बिस्तार हुने उनको दाबी रहेको छ । युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस भन्ने मुख्य उद्धेश्यका साथ प्रदेश स्तरीय युवा सम्मेलनको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । नेपाल युवा परिषदले सातै वटा प्रदेशमा प्रदेश स्तरीय युवा सम्मेलनको आयोजना गरि युवाहरुको नेतृत्व विकास,क्षमता विकास तथा उद्यमशिलतामा युवाहरुलाई अभिप्रेरित गर्नको लागि अभियान सञ्चालन गरेको जानकारी दिईएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*