धारिलो हतियार प्रहारबाट एक युवक घाईते

२९ बैशाख २०७६, आईतवार २२:०८

राजु तामाङ, सर्लाही-
सर्लाहीको हरिवनमा साथी साथी बीच विवाद हुँदा एक युवक गम्भीर घाइते भएका छन। छुरा प्रहार हुँदा हरिवन ८ बस्ने वर्ष २८ का देवराज कार्की घाइते भएका हुन। घाइते कार्कीको ढाडमा छुरा लागेको छ। हरिवनको नमुना अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो पहिचान नभएको धारिलो प्रहारबाट घाइते भएका कार्कीको ढाडमा गहिरो चोट देखिएको छ। पुरानो रिसीबीका कारण उनीहरू बीच बिवाद भएको हुन सक्ने प्ररम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ। घट्ना लगत्तै अनुसन्धानमा जुटेको प्रहरीले घट्नामा संलग्नको आशंकामा अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाइएको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*