बैजनाथ गाउँपालिकाको मानव बेचबिखन विरुद्धको रणनीतिक कार्ययोजना बारे अभिमुुखीकरण

२९ बैशाख २०७६, आईतवार २०:३५

सोम गुुरुङ,नेपालगञ्ज-
साथी संस्थाको आयोजनामा एक दिने मानव बेचविखनविरुद्धका ऐन, रेफरल प्रणाली तथा बैजनाथ गाउँपालिकाको रणनीतिक कार्ययोजनाबारे अभिमुुखीकरण गरिएको छ । बालबालिका बेचविखनको विरुद्धको परियोजना काकार्यक्रम संयोजक दिपकमान श्रेष्ठले परियोजनाको उद्धेश्यबारे प्रष्ट पारेका थिए । प्लान नेपाल ईन्टरनेशनल नेपालगञ्जका बाल संरक्षण अधिकृत कमला राईले प्लान नेपालले अहिले बाल संरक्षणको क्षेत्रमाकार्य गरिरहेको जानकारी दिइन् ।

सहजकर्ता कमलापन्तले नेपालको मानव बेचविखन विरुद्ध बनेका नयाँ ऐन, रेफरल प्रणाली तथा बैजनाथ गाउँपालिकाको रणनीतिक कार्ययोजनाबारे अभिमुुखीकरण गरेका थिए । साथै मुुलुुकी देवानी संहिता, बाल संरक्षणबारे पनि अभिमुखीकरण गरिएको छ । अभिमुुखीकरणमा बैजनाथ गाउँपालिकाको पालिका स्तरीय बाल अधिकार समितिका सदस्यहरु, जनप्रतिनिधिहरु, महिलाशाखा, स्वास्थ्य शाखा तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । स कार्यक्रममा प्लान नेपाल ईन्टरनेशनल,काठमाण्डौका कार्यक्रम संयोजक चन्द्रा प्रधान, प्लान नेपाल ईन्टरनेशनल नेपालगञ्जका अनुगमन तथा मुल्याङ्कन अधिकृता केशव आर्चायको सहभागिता रहेको साथी संस्थाका सुपरभाईजर रेणुका चन्दले जानकारी दिईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*