३० लाख ठगीको आरोपमा विकासोन्मुख ईन्भेष्टमेन्ट प्रा.लि.का सञ्चालक प्रक्राउ

२८ बैशाख २०७६, शनिबार ०९:४४

सर्लाही-
विभिन्न व्यक्तिहरुलाई विभिन्न समयमा ठगी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय लालबन्दीले विकासोन्मुख ईन्भेष्टमेन्ट प्रा.लि.का सञ्चालक प्रक्राउ गरेको छ । विकासोन्मुख ईन्भेष्टमेन्ट प्रा.लि.को नामबाट अवैधरुपमा निक्षेप संकलन तथा त्रटण प्रदान गरी बिगत दुई महिना देखि कार्यालय बन्द गरी फरार रहेका साविक बबरगञ्ज ५ हाल चन्द्रनगर गाउँपालिका वडा नम्बर ४ बस्ने सञ्चालन नागेन्द्र सिंहलाई विशेष प्रहरी टोलीले बिहीवार साँझ ७ बजे लालबन्दी बजारबाट विशेष पक्राउ गरेको हो ।

सञ्चालक सिंहले निश्चल राई, विक्रम कुमार मोक्तान, करुण मिक्चन, रोहन तामाङ,प्रमिला ढकाल लगायत एक सम छियत्रर जना व्यक्तिहरुलाई डेढ वर्ष अघि सदस्य बनाई करिब ३० लाख रुपैया ठगी गरेको र उक्त संस्थाको शाखाहरु बयलबास र बरहथवा समेत रहेको प्रहरीको प्रारम्भिक अनुषन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका सञ्चालक सिंहलाई जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साथै नेपाल राष्ट्र बैंकबाट बित्तिय कारोबार गर्ने अनुमती नलिईकन सञ्चालनमा रहेका बित्तिय संस्थामा निक्षेप नराख्न हुन प्रहरीले सर्वसाधारणलाई अनुरोध समेत गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*