फोरम र नयाँशक्तिबीचको एकताः समाजबादी पार्टीको घोषणा

२३ बैशाख २०७६, सोमबार २१:४२

काठमाण्डौं –

जसरी बैक, विद्यालय मर्ज भएर एक क्रम बढेको छ त्यस्तै राजनीतिक पार्टीहरुबीचको मर्जरमा ( एकतामा) नयाँ पाटीको उदय हुने सिलसिला बढेको छ । आज संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता भएको छ। लामो समयको छलफल र बहसलाई अन्तिम रुप दिँदै दुई दल एक भएका हुन्। राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रमबाट दुई पार्टीले एकताको घोषणा गरे। नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपालु रहेको छ।यस अघि नेकपा एमाले र नेकपा एकिकृत माओबादीबीच पार्टी एकता भएर नेपाल कम्यूनिष्ट पार्टी घोषण गरिएको थियो । हाल नेकपाको दुई तिहाईको सरकार छ ।

सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। एकतापछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव नयाँ पार्टीको अध्यक्ष रहनेछन्। यो पार्टी हिमाल पहाड र मधेसलाई नेतृत्व गर्ने सक्षम पार्टी भएकोु सहमति पत्रमा भनिएको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*