जीवनको सार आमा हौ तिमी

२० बैशाख २०७६, शुक्रबार २१:१७

जीवनको सार आमा हौ तिमी
भगवानको मुहार आमा हौ तिमी ।

जन्म दियौ हुर्कायौ अनि बढायौ
बोक्यौ ठुलो भार आमा हौ तिमी।

ठेस लाग्दा दुख्छ अईया आथो
सँधै गर्छौ पुकार आमा हौ तिमी ।

कति दिए दुख कति दिए पिडा
सँधै दियौं प्यार आमा हौ तिमी ।

सरोज दाहाल
हरिवन-१०, सुकेपोखरी, सर्लाही


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*