म गीतमा आफ्नो व्यथा पोख्दै छु

१८ बैशाख २०७६, बुधबार २०:५४

गीत

म गीतमा आफ्नो व्यथा पोख्दै छु
म काँधमा आफ्नो लाश बोक्दै छु ।

भत्किएर यहाँ खण्डहर भए म,
आफूलाई आफैं जहर भए म,
च्यात्तिएर टुक्रा–टुक्रा भए पनि
छातिभरी विश्वास बोक्दैछु म ।

आफैलाई थाम्न नसकी थुप्रैपल्ट लडिसकें
जीवन नामको कैदमा धेरै पल्ट मरिसकें
न जून छ आफ्नो न तारा नै
तै पनि म यो रिक्तो आकाश बोक्दैछु ।

प्रमोद श्रेष्ठ ‘अभागी’
तस्वीर :विजय महर्जन


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*