आमा, दिदीबहिनी हो ! बलात्कारी र हत्याराको प्रतिकारमा जुट …..!!

१६ बैशाख २०७६, सोमबार २२:०३

२१ औ शताब्दीका मानिस न कसैका दास हुन सक्छन न कोहि मालिक हुन सक्छन । शिक्षा, प्रबिधिको प्रयोगले हाम्रो रहनसहनमा मात्र होइन चेतनामा पनि उल्लेख्य रूपमा परिवर्तन त गराएको छ सँगसँगै समाजमा बिकृती, ब्यभिचारी, हत्या, हिंसा र बलात्कारका घटनाहरु दिनानुदिन बढिरहेका छन ।

आज नेपाली समाज कुन दिशा तर्फ निर्देशित हुँदैछ रु पौराणिक कालदेखि नै सभ्य र बलियो सँस्कृती बोकेको नेपाली समाज आज आएर किन यति धेरै क्रूर, अमानवीय र असामाजिक हुदैछ ? सबैभन्दा चेतनशील भनिएको मानिस र त्यही समाजको पुरुष आज आएर किन हिंस्रक ,अपराधी र ब्यभिचारी भईरहेको छ ? किन पुरुष आफ्नै छोरी चिन्दैन ? किन उसले आफ्नै रगतले जन्मिएकी छोरीलाई तरुनी देख्छ ?

“आखिर के छ उसमा ? कुन दम्भ वा उन्मादले उ होस गुमाईरहेकोछ ? के का लागि उ सब बिर्सिएर पशु बनिरहेको छ ? कुन त्यस्तो हर्मोनले उसलाई बुबाबाट राक्षस बनाईरहेको छ ? कुन चेतना र प्रबिधिले उसलाई मानबबाट दानव बनाउन प्रेरित गरिरहेको छ ?

किन उ आफ्नै जन्मदिने आमा भन्दैन ? किन उ भाइटिकामा शत्रुको नास होस भनी ओखर फुटाएर आशिर्वाद दिने आफ्नै दिदी छोड्दैन ? किन उ तेलको घेरा बनाएर दाजुको रक्षार्थ यमराजलाई चुनौती दिने आफ्नै बहिनीलाई समेत छोड्दैन ? किन उसले छिमेकीकि ८ महिने बालिका भन्दैन ? किन उसले ७५ बर्षकि बुढी आमा सोच्दैन ? आखिर के छ उसमा ? कुन दम्भ वा उन्मादले उ होस गुमाईरहेकोछ ? के का लागि उ सब बिर्सिएर पशु बनिरहेको छ ? कुन त्यस्तो हर्मोनले उसलाई बुबाबाट राक्षस बनाईरहेको छ ? कुन चेतना र प्रबिधिले उसलाई मानबबाट दानव बनाउन प्रेरित गरिरहेको छ ?

अझै कति चेली ,आमाहरु चितवन कि १३ बर्षिय घिमिरे झै आफ्नै बाबुबाट बलात्कार हुनुपर्ने हो ? माया बिस् क झै बलात्कृत भएर मर्नु पर्ने हो ? अझै कति श्रेया सुनारहरु बलात्कार भएर नदिमा बग्नुपर्ने हो ? अझै कति निर्मला पन्त जस्ता छोरीहरुले हिंस्रक पुरुषको अगाडि आफ्नो प्राण त्याग्न बिबश हुनुपर्ने हो ?

ए , दानव पुरुषहरु हो थोरै भएपनी म पुरुष मात्रै होइन म कसैको बुबा, कसैको दाइ , कसैको भाइ , कसैको मामा कसैको छोरा, कसैको ज्वाईं हुँ भनेर किन सोच्दैनौ ? किन तिमी आफुले आफुलाई घमण्ड गर्छौ आफू पुरुष हुनुमा ? कुन सोचाइ र बिचारले ग्रसित भएर आफ्नो पुरुषार्थ ८ महिने बालिकामाथी थुपार्छौ ?


२१ शताब्दीको पुरुषार्थ कहाँ यतिमै मात्रै सिमित छ र
प्रशस्त दाईजो नपाएको निहुँमा कुटिनु पर्ने , जिउँदै जल्नु पर्ने र मारिनुपर्ने कुन दुनियाँमा छ रु श्रीमती वा ससुरालीको सम्पत्तिमा आँखा लगाउने तँ के पुरुष रुरु चार हातखुट्टा के श्रीमती जलाउनको लागि बनेका हुन रुरु दाइजो कै नाउँमा अझै कति धनुषा कि निर्मला यादब झै जिउँदै जल्नुपर्ने हो ? अझै कति चेली कन्चनदेबी झै जलेर प्राण त्याग्नुपर्ने हो ? अझै कति सुनिता यादबहरु डाक्टर भनाउदा पतिबाट दाईजोको निहुँमा यो संसारबाट अस्ताउनु पर्ने हो ?

दिदिबहिनी हो आमाहरु हो अब त अति भो , कति बाँधेर बस्छौ हातहरु ? कति सहेर बस्छौ सम्बन्धहरु ? कति आफ्नो ठानेर सम्मान गरिरहन्छौ पशु श्रीमानहरुलाई , कति आदर गरिरहन्छौ आमा भनेर पापिनी सासुहरुलाई ? जसले तिम्रो शरीरमा मट्टीतेल छर्केर आगो लगाउदा श्रीमती भनेन ।बुहारी ठानेन । दुख्छ सोचेन ।पोल्छ भनेन । कति सहन्छौ अझै कुरिती र क्रूरतालाई जसले आफ्नै छोरी भनेन , उठ, जाग , जुट आमा दिदिबहिनी हो तिम्रो इच्छा बिपरित आफ्नो बास्ना सम्झने बलात्कारी पशुहरुको पुरुषार्थ छिनालिदेउ , दुई टुक्रा पारिदेउ ।।।।

खोल आफ्ना हातहरु खोल, मट्टीतेल र आगोको ज्वाला तिनीहरुमाथी नै झोसिदेउ जसले तिमीलाई लगाएर जिउँदै मार्न खोज्दैछ । कानूनको सजाय त गरिब र असहायहरुको मात्र नियती हो । बर्सौ बित्नेछ न तिम्रो आत्माले शान्ति पाउनेछ न न्याय तसर्थ बिद्रोहको ज्वाला लिएर उठ , प्रतिकारको मशाल लिएर जुट ।।।।। जहाँबाट जसरी सक्छौ त्यहीँबाट प्रतिकारमा जाग ।




यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*