आरसिबीलाई हराउँदै दिल्ली क्यापिटल प्ले अफमा

१५ बैशाख २०७६, आईतवार २०:३२

ईण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटलले आरसिबीलाई १६ रनले हराउँदै प्ले अफमा पुगेको छ । फिरोज शाह रंगशालामा टस जितेर पहिलो ब्याडिङ राजेको डिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । डिल्लीको लागि शिखर धवन र कप्तान श्रेयस अईयरले अर्धसतकीय ईनिङ खेलेका थिए ।

डिल्लीले निर्धारित २० ओभरमा आरसिबीलाई १७१ रनमा रोकेको हो । आरसिबीले ७ विकेट गुमाएको थियो । आरसिबीमाथी जीत निकाल्ने क्रममा कासिगो रावाडा र अमित मिश्राले २–२ विकेट हात पारे भने अक्षर पटेल, ईशान्त शर्मा र शेरफन रुदरफोर्डले १–१ विकेट लिएका थिए ।
१२ खेलमा ४ हार ८ जीत निकालेको डिल्ली समान खेलमा ८ जीत ४ खेल हारेको चेन्नई सुपर किङलाई रनरेटका आधारमा पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ । डिल्ली पछिल्लो पटक २०१२ मा प्ले अफमा पुगेको थियो ।

नेपालका सन्दिप लामिछाने आज डिल्लीको लागि महँगो सावित भयो । २ ओभर बलिङ गरेको सन्दिपले आज कुनै पनि विकेट लिन सकेन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*