मुम्बई ईण्डियनद्धारा चेन्नई सुपर किङ ४६ रनले पराजित

१४ बैशाख २०७६, शनिबार ०५:०३

ईण्डियामा जारी गएराती भएको ईण्डियन प्रिमियर खेलमा मुम्बई ईण्डियनद्धारा चेन्नई सुपर किङ ४६ रनले पराजित भएको छ । १५६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा चेन्नई सुपर किङले १७.४ ओभरमा १० विकेट गुमाएर १०९ रन मात्र बनाउन सकेको हो । चेन्नईका लागि उच्च रन मुरली विजयले ३८ रन मात्र बनायो । मुम्बईको बलरको अगाडी चेन्नईका ब्याट्स म्यानहरु चल्नई सकेन । चेन्नईको ईनिङ लतिस मलिङ्गा र कुनाल पाण्डेले ध्वस्त भनाएको हो । मुम्बईका लागि ३.४ ओभर बलिङ गरेका लतिसले ३७ रन खर्चेर ४ विकेट लिए भने ३ ओभर बलिङ गर्दै कुनालले ७ रन दिएर २ विकेट हात पारे ।

चेन्नईको चिदम्बरा रंगशालामा भएको खेलमा चेन्नईले टस जिती बलिङ राजेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले मिचेल सान्टरको बलमा मुरली बिजयको हातबाट क्याच आउट हुर्दै ४८ बलको सामनामा ६७ रन जोडे भने एभिन लुईसले ३० बलमा ३२ रन बनाएका थिए ।

यस हारका बाबजुद पनि चेन्नई सुपर किङ तालिकाको १६ अंक सहित पहिलो स्थानमा छ भने यस जितसँगै ११ खेलमा ४ खेल गुमाएको ७ मा जितेको मुम्बई ईण्डियन डिल्ली क्यापिटलसँग समान १४ अंक भए पनि रन रेटको आधारमा दोस्रो स्थानमा छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*