‘नैतिकता’

११ बैशाख २०७६, बुधबार २१:३०

औला चुसी हाँसिरहेको नानी
नतर्सियोस आवाजले (बन्दुकको
यहाँ सैनिकको जिम्मेवारी बन्दछ ।

यो नेपालका
वन जंगल, बगैचा बगैचामा फुलेका फूल
कोमल माटोमा झर्न पुगुन
कि–नेपाल आमाको ढुकढुकी सुन्नलाई
अनि झरेता पनि नैतिकता सार्थकता बन्दछ
यो एक झोला–
नुन, तेल, दाल, चामलमा
खर्च भईरहेको एउटा जिन्दगी
ढुंगा र माटोसित खेलिरहेको दुई ओटा हात
एउटा नैतिकतापूर्ण आधार चाहिन्छ
एउटा अग्लो धरहरा चाहन्छ
कि, उक्लन सकोस् मास्तिर
झुट र मिथ्याको जालबाट
विश्व नैतिकता चियाउनेलाई
बानिरा गिरी


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*