पैरवीको सवाललाई उठानगर्न प्रविधिको प्रयोग गर्नु पर्ने

१० बैशाख २०७६, मंगलवार २२:२२

नेपालगञ्ज-
नागरिकहरु पनि सूचना, सञ्चार तथा प्रविधिहरुमा दक्ष हुनुु पर्नेमा जोड दिएका छन् । त्यसै गरि पैरवीको सवाललाई उठानगर्न प्रविधिको प्रयोग गर्नु पर्ने बताएका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको १ दिने दिने सूचना, सञ्चार प्रविधिबारे कार्यशाला नेपालगन्जमा सम्पन्नभएको छ ।कार्यक्रममासूचना, सन्चार र प्रविधिको परिचय, तथ्याकंको विश्लेषण, सामाजिक सञ्चारलाई कसरी पैरवीमाजोड दिने भन्ने बारे बिकास उद्योगीका सन्तोष गर्डौताले सहजीकरण गरेका थिए ।

कार्यक्रममा संस्थाका कार्यसमिति, कर्मचारीहरु, रेडियो श्रोता समुहका सहजकर्ता, सामुदायिक अनुसन्धानकर्मी, सामुदायिक सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यशालापछि सिकेको कुरा कार्यान्वयन गर्ने संस्थाका कोषाध्यक्ष अल्का मिश्रले बताइन् । सुशासन कायमगर्न मासामाजिक सञ्जालको प्रयोगले मद्धतपुग्ने संस्थाका कार्यक्रम प्रबन्धक रविन्द्र ज्ञवालीले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*