पुरुष फुटबलको फाइनलमा आर्मी र पुलिस भिड्ने

१० बैशाख २०७६, मंगलवार २१:४२

नेपालगञ्ज-
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा नेपाल पुलिस क्लब फाईनल प्रवेश गरेको छ । पुलिस फाइनल प्रवेश सँगै त्रिभुवन आर्मीसँग भोली बुधबार अपरान्ह फाइनलका लागी भिड्ने भएको हो । मंगलबार नेपालगञ्ज रंगशालामा भएको सेमिफाईनल खेलमा एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले फाईनल यात्रा पक्का गरेको हो ।

विभागीय डर्बीमा पुलिसलाई जिताउन रवि पासवान र तेज तामाङले गोल गरेका थिए । एपीएफका आशिष लामाले भने एक गोल फर्काए । खेलको नवौ मिनेटमा रविले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । उनले डि बक्स बाहिरबाट हानेको प्रहार दोस्रो बार हुँदै गोल भएको थियो । खेलको ३४ औ मिनेटमा पुलिसले अग्रतालाई दोब्बर बनाएसँगै तेजको एकल प्रयासमा एपीएफका दुई डिफेन्डरलाई विट गर्दै गोल गर्न सफल रहे । ७२ औं मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दैं एपीएफलाई खेलमा फर्काउने कोशिश अन्तत्व सफल हुन सकेन । पुलिसले उपाधिका लागि अर्को विभागीय टिम आर्मीसँग भोली प्रतिस्पर्धा गर्नेछ । आर्मीले मंगलबार विहान ५ नम्बर प्रदेशलाई ३–२ गोल अन्तरले हराउदै फाइनलमा पुगेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*