स्वरक्षा मानव बेचबिखन बिरुद्धको अन्तरक्रिया कार्यक्रम

८ बैशाख २०७६, आईतवार २०:५३

सोम गुुरुङ,नेपालगञ्ज-
शक्ति समुहको आयोजनामा स्वरक्षामानव बेचबिखन बिरुद्धको परियोजनाबारे अन्तरक्रियात्मक कार्यक्रम नेपालगञ्जमा गरिएको छ । शक्ति समुहका संस्थापक सदस्य एवं कार्यकारी निर्देशक सुनितादनुवारले स्वदेश फिर्ता बारे स्पष्ट नेपालको कानुननबन्दाउद्धार गर्न समस्या भएको बताइन् । साथै उहाँले ६ जिल्लाहरु काठामाण्डौमा ३, कास्कीमा १ सिन्धुपालचोकमा १ र बाँके १ गरि जम्मा ६ वटा आपतकालिन सुरक्षित आवास सञ्चालन गरी हाल सम्म १,२२६ जनाले आश्रय पाएको बताएका छन् ।

अन्तरक्रियात्मक कार्यक्रममा सबै मिलेर मानव बेचविखनको विरुद्धको अभियानमा लाग्नुपर्ने बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालको कथन थियो भने बाँकेका नायब उपरीक्षक प्रकाश सापकोटाले प्रहरी सदैव सहकार्य गरी कार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । कार्यक्रममा बाल संरक्षण समितिका सदस्यहरु, महिला तथा बालबालिका कार्यालय,राष्ट्रिय मानवअधिकार आयोग, बास, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र,साथी, सानाहातहरु साथै मानव बेचबिखनको बिरुद्धमा कामगर्ने सामाजिक संस्थाको सहभागिता रहेको थियो ।

शक्ति समुहका सामाजिक परिचालक सुनिता चौधरीले शुभकामना मन्तव्य राखको कार्यक्रममा परियोजना संयोजक नर्बदा सोराली मगरले शक्ति समुह संस्थाको परिचय,पृष्ठभमि र परियोजनाको उद्धेश्यबारे प्रष्ट पारेका थिए भने नेपालगञ्जमा कार्यरत क्षेत्रीय अधिकृत निर्मला थापा पौडेलले सञ्चालन गरेकी थिइन् ।

परियोजना कारितास ईण्डियाको सहयोगमा सञ्चालन भईरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*