बोल्नु र बोलाउनु फरक हैनर ?

६ बैशाख २०७६, शुक्रबार १२:४६

बोल्नु र बोलाउनु फरक हैन र ?
खोल्नु र खोलाउनु फरक हैन र ?

बाध्यतामा पार्या छैन भन्छौ तिमी
तर घोल्नु घोलाउनु फरक हैन र ?

एउटै हो भन्छौ जे गरे पनि मैले
भन टोल्नु र टोलाउनु फरक हैन र ?

गर भन्छौ जेपनी मलाइ तिमी
भनत मोल्नु र मोलाउनु फरक हैन र ?

बिष्णु भुजेल
बेशिसहर नगरपालिका–११, लम्जुङ

तस्वीर : विजय महर्जन


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*