सुशासन प्रर्वद्धनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

५ बैशाख २०७६, बिहीबार १८:१३

सुर्खेत-
सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं.११ मा गठित रामघाट स्थानीय सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक कार्यक्रम बीच ९ बुद्धे ज्ञापन पत्र बुझाएको छ ।

रामघाट स्थानीय सभाकासंयोजक चन्द्र शर्माले सुशासन प्रर्वद्धनका लागि सुशासन प्रर्वद्धन रणनीति तथा कार्यविधी २०७४ अनुसार सुशासन कार्यविधी तयार गरी सामाजिक जवाफदेहिताका औजारहरुको प्रभावकारीरुपले लागु गर्नु पर्ने, कृषी नीति बनाई किसान परिचय पत्र र किसान पेन्सनका कुरालाई समाबेश गर्नु पर्ने,सबै सेवाग्राहीलाई सेवालिने पालो प्रणाली वा क्यु प्रणालीको व्यवस्था गर्नु पर्ने र पालो पर्खने स्थानको व्यस्था गरी उक्त स्थानमा प्रतिक्षालय, पिउने पानी ,शौचालय, र सकेसम्म ईन्टरनेटको व्यबस्था गर्नु पर्ने,नगरपालिकामा गुनासो सुन्ने अधिकारीको व्यबस्था भएको तर सूचनाको हक अन्तर्गत तीन-तीन महिनामा २० किसिमका सूचना सार्वजनिक नियमित गर्नुपर्ने, साथै गुनासोको दर्ता सम्बन्धि गुनासोकर्तालाई गुनासो सुनुवाईको अवस्थाबारे जानकारीगराउनु पर्ने माग राखेका छन् ।

यसका अलगा गुनासो सुनुवाई कार्यविधी गराउनु पर्ने, जेष्ठ र अषाढ महिनामा कुनै पनि सार्वजनिक निर्माणको कार्य सुरु नगर्नु पर्ने, नगरपालिकामा टोल फ्रि नम्बरको व्यबस्था हुनु पर्ने,नगरपालिकाहरुमा स्वास्थ्य , शिक्षा ,कृषी , पशु पंक्षी ,जलवायु ,पर्यटन ,उर्जा ,सडक , सिचाई ,पिउने पानी, सहकारी , विपद् व्यबस्थापन ,ढल निकास र फोहोर मैला व्यबस्थापन सम्बन्धी डाटा प्रणालीको व्यबस्था गर्नु पर्ने,नगरपालिकाबाट प्रकाशित गरिने सन्दर्भ (कार्यक्रमका प्रतिवेदन ) सामाग्रीहरु समयमानै प्रकाशित गर्नुपर्ने र भेरीगंगा र गुर्भाकोट नगरपालिका भित्र बसोबासको
नापीमा परेकालाई स्थायी लालपुर्जाको लागि पहल गर्नुपर्ने जस्ता मागहरु राखि रामघाट स्थानीय सभाका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक खिम रेग्मीले जानकारी दिए ।

सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं.११ मा गठित रामघाट स्थानीय गठन भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*