नयाँ वर्ष

२ बैशाख २०७६, सोमबार १३:४९

उमङ्ग र उत्साहको बर्ष बनोस यो नयाँ बर्ष
देशमा शान्तिको हर्ष बनोस यो नयाँ बर्ष ।।

बिकासको लहर नै चालोस देशको कुनाकुना
देशमा केहि भएछ भन्ने तर्क बनोस यो नयाँ बर्ष ।।

खाडीबाट फ़र्किउन देशका हुनहार युबाहरु
बूढा भाका बा-आमाको पर्ब बनोस यो नयाँ बर्ष ।।

मेरो नया बर्षको शुभकामना छ सम्पूर्ण देश बसीहरुमा
देश बनाउने र बिकाश गर्ने संघर्ष बनोस यो नयाँ बर्ष ।।

सरोज दाहाल
हरिवन–१०, सर्लाही


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*