ईट्टा भट्टाको पोखरीमा डुबेर हरिवनमा दुई बालिकाको मृत्यु

२७ चैत्र २०७५, बुधबार १०:४८

सर्लाही-
हरिवन नगरपालिका–४, तिनघरे स्थित हिजो साँझ ७ः३० को समयमा नागेन्द्र चौधरीको ईटा भट्टाको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँका जुमेर शेखकी ६ वर्षकी छोरी समार खातुन र ईन्तिहाज शेखकी ९ वर्षकी छोरी जस्मिन खातुन रहेका छन् ।

ईटा भट्टामा काम गर्ने व्यक्तिहरुले देखि दुवै लाश पोखरीबाट झिकेर घरमा पु¥याएका थिए । मृतक दुवै बालिकाहरुको बुबाहरु बैदेसिक रोजगारका लागि कतारमा रहेको समेत जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*