अधिवक्ता सुनिल श्रेष्ठलाई नेपालगञ्जमा बधाई तथा सम्मान

२७ चैत्र २०७५, बुधबार ०९:५५

नेपालगञ्ज-
नेपालबार एशोसिएशनको निर्वाचनमा “बृहत् लोकतान्त्रिक समूह”बाट प्रदेश नं.५बाट उपाध्यक्षपदमा निर्वाचित अधिबक्ता सुनिलश्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानगरिएको छ । उहाँको कार्यकालको सफलताको समेत शुभकामना प्रदान गरिएको छ । नेपालगञ्जबाट प्रतिनिधित्वगरी निर्वाचित भएकोमा एक कार्यक्रम आयोजनागरी हिजो सम्मान गरिएको हो ।

विगत लामो समयदेखि नेपालगञ्जमा बसेर वकालत गर्दैं आएका अधिवक्ता श्रेष्ठलाई सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी र नेपाल मानव अधिकार संगठनका अध्यक्ष अधिवक्ता प्रल्हाद बहादुर कार्कीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो सम्मान कार्यक्रममा अधिवक्ता श्रेष्ठले जहिले पनि आफुले नेपालगञ्ज क्षेत्रलाई महत्वको रुपमा हेरेको बताउनुका साथै सदैव आफुले यस क्षेत्रको सामाजिक सवालमा वकालत तथा पैरवी गरिरहने प्रतिबद्धता समेत जनाए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*