सुशासनकालागि सरोकारवाला निकायको ध्यानाकर्षण

२५ चैत्र २०७५, सोमबार १८:२८

नेपालगञ्ज-
आठौ राष्ट्रिय खेलकुदकालागि निमार्ण भईरहेका विभिन्न भौतिक पूर्वाधारको बारेमा पारदर्शिता नभएको भन्दै आज सरोकारवाला निकायको ध्यानाकर्षण गराईएको छ । सुशासनकालागि नागरिक सञ्जाल बाँकेका तर्फबाट नागरिक समाजले आज जिल्ला प्रशासन कायालय मार्फत युवा तथा खेलकुद मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् । सञ्जालका संयोजक विश्वजित तिवारी नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद आर्याललाई सो ध्यानाकर्षण पत्र बुझाइएको हो । खेलकुद प्रतियोगिताको तयारीका क्रममा निमार्णाधिन भौतिक पूर्वाधारको पूर्णस्टिमेट विवरणसहितको सुचना बोर्ड राख्नु पर्ने, सबै पूर्वाधार निमार्ण गर्ने ग्यारेण्टी हुनुपर्ने, निमार्णका क्रममा गुणस्तरीय संरचना बनाउनु पर्ने, निमार्णाधीन संरचनाको बेलाबेलामा अअनुगमन गरिनु गर्ने, खेलकुद विकासका लागि दीर्घकालिन कार्ययोजना बनाइ कार्यान्वयन गर्नु पर्ने लगायत ८ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले यसलाई तत्काल सम्वन्धित निकायमा पुरयाउने प्रतिबद्धता गर्दै सो विषयमा स्थानीयस्तरमा छलफलको पहल गर्ने बताउनुका साथै आफूले समन्वय र सहकार्य गरी खेलकुदलाई मध्यनजर गरी बाँके जिल्लामा सुरक्षा ब्यवस्था मिलाएको बताए ।

सुशासनकालागि नागरिक सञ्जाल,बाँके, महेन्द्र बहुमुखी क्याम्पसकापूर्व क्याम्पस प्रमुख चोलराज शर्मा,अधिवक्ता विश्वजीत तिवारी,बलबहादुर चन्द, सुदिपकुमार भट्टराई,प्रभाकर भटराई,बसन्तकुमार श्रेष्ठ,साथै मोहम्मद अहमद अन्सारी,सुभाषसिहं श्रेष्ठ,लोकबहादुर शाह, सुनिलमल्ल,सोम गुरुड.,राकेश मिश्रा, शैलेन्द्र कुमार वैश्य,कृष्ण प्रसादअधिकारी, राजेश श्रेष्ठ, Campaign for Article 48 का सदस्य लगायतले संयुक्तरुपमा सहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । साथै बोधार्थमा,मुख्यमन्त्री कार्यालय प्रदेश नं.५ सरकार, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, राष्ट्रिय खेलकुद परिषदमार्फत आठौ राष्ट्रिय खेलकुद तैयारी समितिको सचिवालय, जिल्ला प्रशासन कार्यालय ,बाँके,मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समिति नेपालगञ्ज,नेपालगञ्ज उपमहानगरपालिका नेपालगञ्ज, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जलाई ध्यानाकर्षण पत्र पत्रमार्फत पठाइएको छ ।


ध्यानाकर्षपत्रमा उठाईएको मागहरुः

१ .आँठौ राष्ट्रिय खेलकुदको लागिनिर्माणधिन साइटमा सबै विवरणहरु खोलाई रङ्गिन फोटो,बजेट ,काम सम्पन्न अवधी समेत समावेश हुने सुचनाबोर्ड (Information Board) तत्काल राखियोस् ।
२. प्रतियोगिता सम्पन्न हुनुपर्व सम्पुर्ण भौतिक पूर्बाधारहरुको निमार्ण हुनुपर्ने ।
३ .प्रतियोगिताका लागि सम्पुर्ण गुणस्तरयुक्त सरंचना बातावरण मैत्री,लैङ्गिकमैत्री,अपाङ्गमत्री सरंचना निमार्ण गर्नुपर्ने ।
४. नेपालगञ्ज रंगशाला कर्वड हल परिसरमा अवस्थितहनुमानजीको मन्दिरको प्राणप्रतिष्ठा गरी पुजापाठको व्यवस्थापन गर्नुपर्ने ।
५ .प्रतियोगितामा दर्शक, खेलाडी खेलप्रेमी लगायत अन्य अतिथिआम नागरिकहरुको व्यवस्थापन, उचित सुरक्षा पार्किङ्गको व्यवस्थापन गर्नुपर्ने ।
६ .नेपालगञ्ज रंगशालामा दीर्घकालिन खेलकुद कार्ययोजना बनाउनुपर्ने ।
७. दर्शक अतिथी तथा खेलाडीलाई पुग्ने प्रयाप्त शौचालयको निर्माण हुनु पर्ने ।
८. खेलाडी तथा दर्शकको आपतकालिन सुरक्षा ब्यवस्थाको योजनाबारे जानकारी हुुनु पर्ने ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*