घारेको टोकाईबाट ४ जना गम्भीर घाईते

२५ चैत्र २०७५, सोमबार ०९:२६

सन्जु कर्ण, सर्लाही
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा हिजो घारेको टोकाई बाट ४जना गम्भीर घाईते भएका छन् । हरिहरपुर वडा नम्बर -७, गिदेरी झोरा वन क्षेत्रको बैज्ञानिक बन को निरीक्षण गर्न वन डिभिजन कार्यालय, मरीनबाट आएका सहायक वन अधिकृत जिया लाल यादवसंग बन पुगेका वडा नं.७ का अध्यक्ष बालकृष्ण नेपाल र सशस्त्र वन रक्षक जनकलाल धामी, स्थानीय श्याम नेपाल सहित चारजना गम्भीर घाईते भएका हुन् ।

बनको निरीक्षण गर्न बनमा पुग्दा एक्कासी जंगली घारेले टोली मध्येका अधिकृत यादवलाई टोक्न थालेपछि घारेलाई भगाउन स्याउलाले हिर्काउदा आफूहरु माथी नै घारे ओईरिएर टोकि घाईते बनाएको वडा अध्यक्ष बालकृष्ण नेपालले बताए ।

घाइते चार जाना मध्ये अध्यक्ष बालकृष्ण नेपाल, वन रक्षक जनकलाल धामी, र स्थानीय श्याम नेपालको क्यानेश्वर स्वास्थ्यचौकीमा उपचार भईरहेको र वहाँहरुको अबस्था सामान्य रहेको छ भने अचेत अबस्थामा रहेका सहायक वन अधिकृत जिया लाल यादवलाई हरिवनमा उपचार पछी थप उपचारको लागी हेलिकोप्टर मार्फत काठमाण्डौ पठाईएको हरिहरपुरगढी गाउँपालिकाका स्वास्थ्य सहसंयोजक श्याम बिनोद कुशवाहाले बताए ।

सह-संयोजक कुशवाहाका अनुसार तीन जनाको स्वास्थ्य अबस्था खतरा मुक्त रहेको भए पनि वन अधिकृ यादवलाई हजारौ घारेले टोकी अचेत अबस्थाका कारण स्वास्थ्य अबस्था गम्भीर रहेको हुँदा काठमान्डौ रेफर गरिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*