‘बाराका हावाहुण्डरी प्रभावित बालबालिका तथा महिलाहरुमा मनोसामाजिक समस्या देखा पर्दै’

२४ चैत्र २०७५, आईतवार १८:१०

बारा-
गत चैत्र १७ गते आईतबार साँझ हावाहुण्डरीको कहरबाट १८९१ घरधुरी प्रभावित भएको छ भने ३ ईटा भट्टा, १ स्वास्थ्य चौकी र १ विद्यालयको क्षति भएको साथै २७ जना व्यक्तिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । जस मध्ये १० पुरुष,११ महिला, २ बालक र ४ बालिका रहेको छ । हावाहुण्डरीको वितण्डाबाट ९३७ घरधुरी पूर्णरुपमा क्षति भएको छ भने घरबारबिहीन भएका बालबालिका, किशोरकिशोरी तथा महिलाहरु जोखिमपूर्णरुपमा रात गुजरा गर्न बाध्य भएका छन् । यद्यपी प्रदेश सरकारले घरबारबिहीन भएका व्यक्तिहरुको घर बनाईदिने घोषणा गरेता पनि बास बस्न छिमेकीको घरमा शरण लिन बाध्य छन् । शुद्द खानेपानी, सरसफाई, शौचालय, बिजुलीको अभाव हुनुका साथै गर्मी बढेसँगै सर्प तथा लामखुट्टेबाट बच्न पनि धेरै प्रभावितहरु समक्ष पिउस, टर्च, झुल लगायतका सामान्य आधारभूत बस्तुहरु अझसम्म पुग्न नसकेको ईन्सेकका जिल्ला प्रतिनीधि भोला पौडेलले जनाएको छ ।

त्यसैगरी महागढीमाई नगरपालिका वडा नम्बर ७ का विनोद राम भन्छन् ,‘ खोई रातभर, दिनभर के के गर्छन् जनप्रतिनीधीहरुबाट केही सोधपुछ छैन । स्वास्थ्य चौकीमा केही छैन नमेसिन छ, न डक्टर छ । बाहिरबाट संघसंस्थाका मानिसहरुबाट केही राहत मिले पनि स्थानीय तह यति नजिक हुँदा पनि हामी खुल्ला आकाश मुनि बस्न बाध्य छौं, कति दिन अर्काको घरमा शरण लिएर बस्ने, पानी पर्यो भने यही बस्ने भिज्ने हो । ’ चाँडो भन्दा चाडो भत्केका घरहरु पुनःनिर्माण गरिदिन उनले सरकारसँग माग समेत गरेका छन् ।

कान्ति बालअस्पतालका चिकित्सक मनोविद तथा सिविन नेपालका परामर्शदाता रामपुकार साहले बालबालिका तथा किशोरकिशोरी साथै महिलाहरुमा मनोसमाजिक समस्याहरु देखिन थालेको परिचर्चा न्यूज डटकमलाई बताएका छन् । प्रभावितहरुले आफ्नो आफन्त, साथीभाइहरु गुमाएका छन्, घरवारविहीन भएका छन्, आधारभूत आवश्यकताको जरुरत हुनुका साथै साहाराविहीन अवस्था छन् जसले गर्दा विशेषत बालबालिका तथा किशोरकिशोरी साथै महिलाहरुमा डर, चिन्ता लाग्ने, सुताईमा समस्या, घटनाको झझल्को, उदास, दुःखी, भोक नलाग्ने बोल्न, हाँस्न मननलाग्ने,टाउको दुःखीरहने, पेट दुःख्ने जस्ता मनोसामाजिक समस्या रहेको मनोविद साहले परिचर्चा न्यूजडटकमलाई जानकारी दिएका हुन् । ‘३–४ जना बालकहरुलाई कमलपित्त समेत रहेको मनोविद साह भन्छन् , ‘कोही कोही सामान्य अवस्थामा फर्केता पनि यस्ता समस्याहरु अब अझ बढी प्रभावित बालबालिका तथा किशोरकिशोरी साथै महिलाहरुमा देखा पर्न सक्छन् यस सवालमा सबै मिली मनोसामाजिक सहयोग गरे यसबाट व्यक्ति तथा समाजलाई पुग्ने असरहरुलाई न्यूनीकरण गर्न सकिन्छ ।’

यसका अतिरिक्त, मनोविद साह, सिविन नेपालका कार्यक्रम संयोजक प्रमेश बादे साथै सिविन नेपाल, हेटौडाका प्रमुखले नगरपालिका, गाउँपालिका, विभिन्न संघसंस्था तत्काल प्रभावित व्यक्तिहरुको आधारभूत आवश्यकताहरुको सम्बोधन पहल गरेका थिए भने विपतको अवस्थामा बालबालिका, किशोरकिशोरी तथा महिलाहरु यौनदुव्र्यवहार, बलात्कार बेचविखनमा पर्न सक्ने जोखिम भएकाले फेटा, सुवर्ण गाउँपालिका, साथै महागढीमाई र पचरौता नगरपालिकामा संरक्षणका सवालमा अभिमुखीकरण समेत गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*