सेवा प्रवाहका बारे स्थानीय नागरिकहरुलाई सूचनाको पहुँच हुनु पर्ने

२१ चैत्र २०७५, बिहीबार २२:१६

बाँके-
स्थानीय सरकारले प्रवाह गर्ने सेवासुविधा बारे स्थानीय नागरिकहरुलाई सूचनाको पहुँच तथा नीति तथा कार्यक्रमको बारेमा जानकारी हुनु पर्ने एक कार्यक्रमको सहभागीले जोड दिएका छन् । सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, नेपालगञ्ज र यूएसआइडी र एफएचआई ३६० को सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बाँकेको डुुडुवा गाउँपालिकाको वडा नं.५ कम्दीमा साझा सभा एप्स सम्बन्धि अभिमुुखीकरण गरिएको छ । सो अभिमुखीकरणमा डुडुवा गाउँपालिकाको वेभसाइटको बारे पनि जानकारी दिईएको छ ।

कार्यक्रमा सहभागीहरुले गाउँपालिकाबाट प्रदान हुने शिक्षा, स्वास्थ्य, कृषिका सेवा प्रवाहका बारेमा स्थानीय नागरिकहरुलाई सूचनाको पहुँच तथा नीति तथा कार्यक्रमको बारेमा जानकारी हुनु पर्नेमा जोड दिएका छन् । सो अभिमुुखीकरणमा साझा सभा एप्समा आफ्ना गाउँठाउँका शिक्षा, स्वास्थ्य, कृषिमा देखिएका समस्याहरु पोस्ट गरि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गर्नको लागि प्रयोग गरिने एप्स हो ।

साझा सभा एप्सको उद्धेश्य, प्रक्रिया र महत्वको बारेमा आईएचआसीका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुुमार ज्ञवालीले प्रष्ट पारेका थिए भने आईएचआसीका जवाफदेहिता अधिकृत सोम गुुरुङ्गले साझा सभा एप्समा स्थानीय ठाउँका शिक्षा, सवास्थ्य, कृषि तथा विपतका समस्याहरु कसरी पोस्ट गर्ने भन्ने बारेमा जानकारी दिएका थिए । पारस्परिक जवाफदेहिता परियोजनाले ३४ जिल्लामा सुुशासन, जवाफदेहिता र पारदर्शिताको सवालमा कार्य गरिरहेकोछ । सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, नेपालगन्जले बाँके र बर्दिया जिल्लामा सुशासनको लागि पैरवी गरिहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*