तेस्रो राजश्री जनक कप फुटबल प्रतियोगिता चैत्र २५ गत्ते देखी हुँदै

२१ चैत्र २०७५, बिहीबार २१:४३

सन्जु कर्ण, सर्लाही

मेरो मनकोज्योति बागमती युवा क्लबको आयोजनामा तेस्रो राजश्री जनक कप फुटवल प्रतियोगिता चैत्र २५ गते देखि हुन लागेको आज पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएका हुन् । प्रदेश नम्बर २ कै सर्वाधिक धन राशी पुरस्कार भएको यस प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १० लाख र दोस्रो हुने टिम लाई नगद रु ५ लाख सहित कप, मेडल,प्रमाण पत्र दिईने क्लवका अध्यक्ष किस्मत मैनालीले बताए ।

खेल पुर्णरुपमा सुरक्षित एवं मर्यादित होस भनेर मैदानमा सुरक्षाको ब्यवस्था भनेर तार जालीले घेरावेरा गरिएको पनि सम्मेलनमा जाकारी गराईएको थियो । खेलामा बिदेशी क्लव, ए डिभिजनका क्लव, आयोजक गरी १२ टिमको सहभागिता रहने छ । ७२ देखि ७५ लाखसम्म लाग्ने यो प्रतियोगिता हेर्नको लागी दर्शकहरुले सुरुका खेलहरुमा सयको टिकट काट्नु पर्नेछ भने फाईनलको लागी दुई सय रुपैया लाग्ने आयोजकले जनाएको छ ।

यो प्रतियोगीता सफलता पुर्वक सम्पन्न गर्नको लागी कुनै पनी कसर बाँकी नराख्ने बागमती नगरपालीकाकी उपप्रमुख लीला कुमारी मोक्तानले आज भएको पत्रकार सम्मेलनमा बताएका हुन् । राजश्री जनक कप फुटवल प्रतियोगीताका संयोजक तथा बागमती नगरपालिका वडा नं.२ का अध्यक्ष दिपक लामाले प्रतियोगिता सम्पन्न गर्न ठुला प्रायोजक नभेटिको तर साना प्रायोजक हरु बाटै खेल सम्पन्न गर्ने बताउदै सहयोग गर्ने शुभेछुक दाताहरुलाई धन्यबाद दिएका थिए ।

प्रतियोगितामा पारो फुटवल क्लव भुटान, बिभागिए टिमहरु नेपाल पुलिस क्लव र सशस्त्रको एपिएफ त्यस्तै गरी थ्रि स्टार, हिमालयन शेर्पा, सरस्वती युवा क्लव, फ्रेन्डस् क्लव, गत बर्षको बिजेता सुदुर पश्चिम, झापा ११, बिरगञ्ज युनाईटेड पर्सा, बागमती युवा क्लव र बागमती नगरपालिकाले सहभागिता जनाउने भएका छन् भने प्रतियोगिताको फाईनल खेल बैशाख ६ गते हुने भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*