हावाहुरीबाट प्रभावित बालबालिकाहरुको तत्काल राहत र संरक्षणको लागि सिविन–नेपालद्धारा आव्हान

१८ चैत्र २०७५, सोमबार १८:१८

काठमाण्डौं-
प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लामा हिजो साँझ आएको भिषण हावा हुरीले गर्दा मृत्यु भएका र अकल्पनिय भौतिक क्षतिमा सिविन नेपालले गहिरो दुःख व्यक्त गर्दैं दिवंगत आत्माहरुको चिर शान्ति साथै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

हावाहुरीबाट ३ दर्जन बढीको मृत्यु हुनुका साथै ५ सय भन्दा बढी व्यक्तिहरु घाईते भएको छन् । मृत्यु भएका मध्ये हाल सम्म ५ जना बालबालिका रहेका छन् । यस दुःखदपूर्ण घडीमा बालबालिको तत्काल राहत, उद्दार र संरक्षणका, पुनःस्थापना तथा प्रभावित व्यक्तिहरुका लागि यथाशिघ्र आधारभूत सहयोग पु¥याउन सिविन–नेपालद्धारा नेपाल सरकार, सामाजिक संघसस्था एवं सम्पूर्णमा प्रेस विज्ञप्ती मार्फत आव्हान समेत गरेको छ ।

विपतबाट प्रभावित हुनेहरुमा बालबालिका, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाहरु र अपाङ्गता तथा प्रभावित भएका मानिसहरुका राहत सहयोगका लागि सिविन–नेपालद्धारा सञ्चालिन बालहेल्प लाईन १०९८, मकवानपुरका प्रमुख झविन्द्र ज्ञावली स्थानीय स्तरमा सरकारी निकाय तथा सामाजिक संघसंस्थाहरुसँग समन्वय गर्दै प्रभावित ठाउँमा पुगिसकेको छ भने विपतबाट बालबालिका तथा किशोरकिशोरीमा पर्ने मनोसामाजिक असरलाई न्यूनिकरण गर्न मनोविज्ञ सहितको टोली भोली देखि घट्नास्थलमा पुगी प्राथमिक मनोवैज्ञानिक सहयोग गर्ने सिविन–नेपालका कार्यक्रम निर्देशक तथा प्रवक्ता कुमार भट्टराईले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*