बिग्रीएर भत्किएको छ, यो जिन्दगी

१५ चैत्र २०७५, शुक्रबार १७:०४

बिग्रीएर भत्किएको छ, यो जिन्दगी
घश्रिएर खिएको छ, यो जिन्दगी।

मधुमाश बसन्त ऋतु थाहै पाउदैन
उजाड भै मासिएको छ, यो जिन्दगी ।

दुःखसुख त तेस्तै हो यो जीवनमा
अचानो झैँ काटिएको छ, यो जिन्दगी ।

देखिदैन चोटहरु भेटिदैन पीडाहरु
भित्र भित्रै नसिएको छ, यो जिन्दगी ।

सबै ले भन्छन वाह कति राम्रो जीवन
हेर्दा राम्रो भित्र गाँसिएको छ यो जिन्दगी ।

सरोज दाहाल : हरिओन -१०, सुकेपोखरी ,सर्लाही


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*