लगातार एसईईको प्रश्न पत्र आउट हुँदा प्रदेश नम्बर २ मा तनाव

१५ चैत्र २०७५, शुक्रबार १०:१४

शुक्रवार हुने भनिएको सामाजिक विषयको परीक्षा रद्द भएपछि प्रदेश नम्बर २ को राजधानी जनपुर लगायत प्रदेशका विभिन्न शहरहरुमा विद्यार्थीको प्रदर्शन, आगजनी र ढुंगामुढाबाट शहरहरु तनावग्रस्त छन् ।

राष्ट्रिय परीक्षा बोर्ड तथा शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक रामाकान्ता शर्माले अनिवार्य सामाजिक शिक्षा विषयको प्रश्नपत्र हिजो बिहीवार जनकपुरमा बाहिरिएको पुष्टि गरेका छन् ।

प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि आजको परीक्षा स्थगित गरिएको शर्माले जानकारी दिए । प्राविधिक विषयको र ग्रेड वृद्धिको परीक्षा भने यथावत् रहेको उनले बताए ।
विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरेको थियो।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताएका छन् । उनले लगातार प्रश्नपत्र आउट गराएर प्रदेश २ को बदनाम गर्न खोजिएको दाबीसमेत गरे ।

प्रदेश २ मा लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि मुख्यमन्त्री राउतले त्यसमा केन्द्र सरकार नै जिम्मेवार रहेको बताएका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*