बाल संरक्षणमा स्थानीय सरकारको चासो

१४ चैत्र २०७५, बिहीबार १२:२८

बाँके-
बालबालिकाको बजेट विनियोजनमा बालबालिकासंग समन्वय गरि योजना निर्माण गर्ने बैजनाथ गाउँपालिकाले प्रतिवद्धता जनाएको छ । प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्जको सहयोग तथा स्याक नेपालद्धारा सञ्चालित बालिका संरक्षण परियोजनाको बैजनाथ गाउँपालिकाले संयुक्त अनुगमन गरेको छ ।

अनुगमन परियोजना सञ्चालन भएको दहित आधारभुत विद्यालयमा बाल संरक्षण संरचना भयरहित सिकाई, बाल संरक्षण नीति, आचारंसहिता र गुनासो सुनुवाई संयन्त्रको प्रभाव बारे छलफल गरिएको थियो ।

अनुगमनको क्रममा बिद्यालयका प्राधानाध्यापक हरिशंकर चौधरीले विगतको तुलनामा परियोजना सञ्चालन भएपछि पढाई, अनुशासन, भयरहित सिकाई, बालमैत्री सिकाई भएको र बालबालिकाले आपनो मनका कुराहरु गुनासो पेटिकामा सहज तरिकाले राख्ने गरेको र उनीहरुको गुनासोको सुनुवाई तुरुन्त गर्ने गरेको बताए । यसै क्रममा बैजनाथ गाउँपालिकाको वडा नं.१ मा रहेको बाल क्लब सञ्जालसँग पनि भेटघाट गरेको छ । बाल क्बल सञ्जालका अध्यक्ष अनु रावतले बालविवाह न्यूनिकरणमा स्थानीय सरकारले चासो नदिंदा आफूहरुले उजुरी दिंदा पनि साथ नदिएको गुनासो पोखिन् । बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा विश्वकर्माले बालविवाह वा बालविवाह सम्बन्धी कुनै पनि उजुरी बारेमा आफूलाई जानकारी दिनु अनुरोध गर्नुका साथै उजुरी आएपछि सो समस्या समाधानको लागि सम्बन्धीत सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाईन् ।

संयुक्त अनुगमनमा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष, शारदा विश्वकर्मा, सामाजिक विकास समितिका संयोजक गुमान बहादुर दमाई, गाउँपालिका प्रेस सल्लाहकार रवि रोकाय, स्याक नेपाल, बाँकेका टिम लिडर नेत्रकला शाही र कार्यक्रम संयोजक शेषकान्त शर्मा लगायतको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*