मिथिला नगरपालिकामा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य तालिमको समापन

५ चैत्र २०७५, मंगलवार २२:५४

प्रमेश बादे, धनुषा-

देशमै पहिलो पटक प्रदेश नम्बर २ को धनुषा जिल्लाको मिथिला नगरपालिकामा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सम्बन्धि तालिम मंगलवार समापन भएको छ । तालिम फागुण २९ गते देखि चैत्र ५ गते सम्म भएको तालिममा मिथिला नगरपालिकाका नर्स, हेल्थ असिस्टेन्ट, अहेव लगायतका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । तालिम पश्चात विभिन्न कारणहरुले मानसिक स्वास्थ्य सम्बन्धित समस्या भएका बालबालिका तथा किशोरकिशोरीहरुसँग कसरी कुराकानी गर्ने, समस्याको पहिचान कसरी गर्ने, कस्तो उपचार पद्दती अपनाउने के कस्तो औषधीहरु चलाउने, अभिभावकहरुले कस्तो खालको मनोशिक्षा प्रदान गर्नु पर्ने साथै र रोगलाई सकभर स्थानीय तहमा कसरी व्यवस्थापन गर्ने र बिमारीलाई प्रेषण गर्ने बारे जानकार भएको तालिम पश्चात सहभागी अनमी उर्मिला कुमारी साहले बताएका छन् ।

तालिममा आवश्यक स्याहार र अभ्यास, सञ्चार सीप, मनोविमर्श, मनोशिक्षा, विकासात्मक र व्यवहारीक समस्या, छारेरोग, चिन्ता र तनावसँग सम्बन्धित समस्या तथा त्यसको व्यवस्थापन, अटिज्म, रुपान्तरित विकार, उदासिनता, स्व—क्षती, आत्महत्या, साईकोसिस (कडा खालका मानसिक रोग), लागुपदार्थको प्रयोग, विभिन्न कारणहरुले गर्दा जोखिम परिस्थितीमा रहेका बालबालिकाहरु जस्तै बालबिवाह, यौन दुव्र्यवार, श्रम शोषण, बालबालिका बेचबिखन, टुहुरा आदिका बारे सामूहिक छलफल, मस्तिष्क मन्थन, प्रश्न उत्तर, भिडियो प्रदर्शनी, भूमिका प्रर्दशनी, स्लाईड प्रस्तुतीका माध्यमबाट सहजिकरण गरिएको थियो ।

मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महत्तोले समापन कार्यक्रममा बोल्दै देशमै पहिलो पल्ट बालबाालिका तथा किशोरकिशोरी तालिम पालिकास्तरमै मिथिला नगरपालिकामा आउनु अत्यन्तै सराहनीय तथा गर्वको विषय रहेको बताउनुका साथै सहभागी स्वास्थ्यकर्मीहरुले तालिममा सिकेका कुरा बालबालिको स्वास्थ्य सुधार तथा समाज परिवर्तनमा लागु गरेमात्र तालिमको सार्थकता रहेने कुरालाई जोड दिएका छन् ।

राष्ट्रिय स्वास्थय तालिम केन्द्रका निर्देशक झलक शर्मा पौडेल भन्छन् ,‘ पहिला पहिला सरुवारोगहरु ७५/८० प्रतिशत हुन्थ्यो अहिल नसर्ने रोगनै करिब ५५ प्रतिशत जति दुरमा छन्् त्यसमा त्यस मध्ये मानसिक स्वास्थ्य एक प्रमुख हो अझ बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य दिनानुदिन विभिन्न कारणहरुले गर्दा बिग्रदै गएका छन् र यस सम्बन्धी विशेषज्ञता हाँसिल गरेका विशेषज्ञहरु एकदमै न्यून भएकाले यस्तो खालको तालिम कार्यक्रमहरु सबै स्थानीयस्तरमै लैजानु पर्दछ र स्थानीयस्तरमै व्यवस्थापन हुन जरुरी छ ।’ साथै वहाँले आयोजक स्वास्थ्य निर्देशनालय, सहयोगी सिविन, यूनिसेफ, कान्तिका मनोचिकित्सा यूनिटलाई धन्यवाद समेत दिएका थिए ।


केन्द्रमा मात्र होईन कि यस्तो खालको कार्यक्रमहरु स्थानीयस्तरमा कसरी फैलाउने किन भने सबैलाई केन्द्रमा सुविधा नहुन सक्छ देश भरकै बालबालिका तथा किशोरकिशोरीका मानसिक समस्याहरु केन्द्रले मात्र नथेग्न सक्छ । तालिमा निर्देशिका तयार गरेको कान्तिका मनोचिकित्मकको टोलीले ठाउँ ठाउँमा तालिम तथा प्रेषण सुविधा गराएको जसलाई राष्ट्रिय स्वास्थय तालिम केन्द्र टेकुबाट लागु गराउने कार्य एकदमै सहरानीय रहको प्रदेश नम्बर २ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका निर्देशक तथा चिकित्सक प्रमोद यादवले बताएका छन् । साथै वहाँले सहभागी स्वास्थ्यकर्मीहरुलाई बालबालिका तथा किशोरकिशोरीका मानसिक स्वास्थ्य सुधार तथा व्यवस्थापन गर्न तालिममा सिकेका ज्ञानहरु सदुपयोग गर्न अभिप्रेरित समेत गरेका छन् ।

सिविन, यूनिसेफ,को सहयोगमा भएको तालिमको सहजिकरण मनोचिकित्सक अरुण राज कुँवर, मनोचिकित्सक गुन्जन ध्वोँज, क्लिनिकल मनोविज्ञ सृजना अधिकारीले तालिमको सहजिकरण गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*