प्रेम पत्र

२ चैत्र २०७५, शनिबार २०:२१

प्रिय नीरा !
कहाँबाट शुरु गरुँ, के शब्दबाट शुरु गरुँ र के भनेर सम्बोधन गरुँ तिमीलाई प्रिया ? यहाँसम्म की, सञ्चै छ्यौं तिमी भनेर सोध्न सक्ने त्यो शब्द पनि छैन मसँग ।

कुन शब्दकोषबाट उधारो लिउँ ती शब्दहरु, तिम्रा ती प्रश्नको प्रत्युत्तरको लागि । जहिले म तिम्रो नजरमा धोकेबाज र दोषी ठहरिरहें । जानेर भनौं या विवशताको जाँतोमा पिसिनु परेर । त्यो म
भन्दा बढी कसलाई थाहा होला र प्रिया ? र तिमीलाई कसरी व्यक्त गरुँ ति पलहरु ।

आज एकदशक पछि आफूलाई बनाएको एक पथ्थर मुटुलाई अतितको यादको कोईलामा पगाली तिमीलाई यो पत्र लेखिरहदाको क्षण प्रत्येक अक्षरहरुसँगै भिजेका मेरा यी परेलीहरु तिमीलाई सम्झिरहेछ प्रिया । तिमीले स्पर्श गरेका यि हातहरु, तिमीले चुम्बन गरेका यि निर्दोश अधरहरु र यि विवश मेरा नयनहरु आज तिमीलाई सम्झिरहेछ नीरा ।

तिमीसँग छुट्टिनु पर्दाको क्षण जति तिमीलाई कठिन थियो प्रिया त्यो भन्दा नि कठिन थियो मलाई
तिम्रो चुल्ठो समाती तिमीलाई, स्यालले कुखुरा घिसारेझैं मेरै नयन सामु घिसारिरहँदा, गहुँखेतमा ठिङ्ग उभ्याईएको बुख्याचा झैं म फगत ठिङ्ग उभिई रहें । र पनि मैले आफ्नो विवशताको हतकडी चुडाउँन सकिन । बालुवाले पानी सोचे झैं परेलीहरुबाट तप्किन लागेको तडपका आँसुहरु आफ्नै लाचारी नयनहरु मैं फिर्ता लिईरहें ।

मसँग कुनै हिसाब छैन प्रिया आज तिमीलाई पत्र कोरिरहँदाको पल मेरा परेलीहरुले रुदै मसँगै बिन्ती गरिरहेको प्रिया । “ आज त रुन देऊ रात तिम्रा अतितका पिडाका ति घाईते अक्षरहरु म पढ्न सक्तिन । त्यसैले मैले झारेका आँसुका प्रत्येक थोपा थोपाले ति घाईते अक्षरहरुको आलो रगतहरु पखाल्न चाहन्छु । कृपया राज आज नरोक मलाई रुनबाट ” भन्दै बिन्ती गरेका । मसँग कुनै हिसाब छैन प्रिया । मैले लेखेका प्रत्येक अतितका अक्षरहरु तप्ततप्त गरि पोखिरहेका आँसुहरुले ईरेजरले झैं मेटाउँदै थिए ।

मलाई थाहा छ तिमी त “आँ गर्दा अलंकार बुझ्ने मान्छे” फेरि कसरी चुक्यौ त आज प्रिया मेरो विवशताको दस्तावेजहरु पढ्नलाई ? एक फेर आफैलाई मासु बनाएर अचानोमा राखी खुकरी चलाउ त प्रिया, मासुलाई भन्दा अचानोलाई दुख्छ । अनि तिमी आफैं बुझ्ने छौं । अनि तिम्रो प्रत्येक प्रश्नको उत्तर प्रश्नको शैल भित्र थिचिएर बसेको प्रत्येक बालुवा बालुवामा पाउने छौ मेरा उत्तरहरु प्रिया ।

मलाई थाहा छ तिमी अहिले घृणाको शैल बनेर उभिएकी छौ मेरो अघि । जसरी म त्यो दिन केही विवशताले गर्दा मायाको कठिन सागरमा मजबुरीको प्वाल परेको डुङ्गामा परेलीका आँसु प्रेमको अञ्जुलीमा थाप्दै आफ्नो प्यास आफ्नै अतितका आँसुहरु पिएर बुझाउँथें ।
कसरी भुल्न सक्छु म त्यो पलहरु प्रिया ? न मेरो नै दोष । तिमी पनि बिछट्टै आफूलाई बिर्सिएर मलाई प्रेम गथ्र्यौं । केवल दोष थियो त हाम्रो उचनीचको, जातभातको, अनि धनिक र गरिबको, कुल र घरानको ।

हो, यही मान्छेले बनाएको संस्कारको अजिङ्गरले निल्यो तिम्रो र मेरो प्रेमलाई नीरा । तिम्रो र मेरो मात्र कहाँ हो र सदियौं देखि चल्दै आएको धर्मशास्त्र अनुसार पनि पार्वती ब्रामण कुलकी राजाकी छोरी अनि महादेव जट्टाधारी क्षेत्रिय वंशको । आफ्नै पिताबाट आफ्नै पतिको अपमान सहन नसकेर होम गरिरहेको यज्ञमा हाम फालेर मरेको कथा अझैं स्वस्थानी ब्रत कथामा अझैं पढिरहेका छन् । तिम्रो र मेरो प्रेमको बाँधिएको डोरी छिनाल्ने हाम्रो शत्रुका समाजहरु ।

के हेरिरहेका छने आज पनि यि समाजहरु ? फेरि पनि किन जलाउँदैन अझैं यस्ता कुसंस्कृतिका कागजका धमिरा लागेका पात्रहरु । यहाँ प्रेम भन्दा प्रिया कुसंस्कृतिका र कुलघरानाका श्रीपेचलाई सर्वोपरी मान्छ नीरा ।अहमं र बकुम्फुसे संस्कृतिका जातोमा पिसिएका थियौं तिमी र म ।

आज मैले तिमीलाई सबै सत्य कुरा बताउने हो भने तिम्रो पाउ तल धर्ती फाँट्ने छ । नबाई पनि भएको छैन प्रिया ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*