अभिभावक तथा किशोरीद्वारा बालबिवाह रोक्ने प्रतिबद्धता

३० फाल्गुन २०७५, बिहीबार २२:२७

सोम गुरुङ, बर्दिया –
बालविबाह न्यूनीकरणकालागि जिल्ला स्तरीय अन्तरपुस्ता संवाद कार्यक्रममा गुलरिया नगरपालिकाका किशोरीहरू, अभिभावक तथा बालक्लवका प्रतिनिधिहरु बालविवाह रोक्न प्रतिबद्ध भएका छन् । नगरपालिका स्तरीय बाल संरक्षण समितीको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मञ्च (स्याक)को सहयोगमा गुलरिया नगरपालिकामा भएको अन्तर पुस्ता कार्यक्रममा अभिभावक, बालसंरक्षण समितीका पदाधिकारी, बालक्लवका र किशोरीहरुलाई बालविवाह न्यूनीकरण सम्बन्धि अन्तरपुस्ता संवाद कार्यक्रममा बालबिवाह रोक्ने प्रतिबद्धता जनाएका हुुन ।

किशोरीहरू तथा अभिभावकहरुलाई बालविवाह न्यूनीकरणमा स्थानीय सरकार तथा अभिभावकको भुमिका के कस्तो हुने बारे अन्तरपुस्ता संवाद कार्यक्रम गर्नुुको उद्देश्यबारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजनाका सुपरभाइजर जनक चौधरीले जानकारी दिए ।

अभिभावकहरुलाई बालविवाह न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहजिकरण सुशिल चौधरीले बालविवाहबाट हुने असर र अभिभावकहरुले खेल्ने सकारात्मक भुमिकाको बारेमा सहजिकरण गरेका थिए । स्थानीयतहहरुमा बाल संरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक,अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सञ्चालन गर्न पालिकाले सम्पूर्ण सामाजिक संघसंस्था,प्रहरी, विद्यालय र सबै निकायसंग समन्वय र सहकार्य गरि सबै वडाहरूमा अभियानको रुपमा अघि बढ्ने र यस पालिकालाई नमूना बनाउनकालागि बालविवाह रोक्नु पर्ने र हाल यस नगरपालिकामा ३ वर्षको तथ्याङ्क हेर्दा १५१९ बालविवाह भएको गुलरिया नगरपालिकाकी उपप्रमुख तथा बाल संरक्षण समितीका संयोजक सुशिला गिरीले बताए । त्यसतै आउदा दिनहरुमा कोहि बालबालिकाहरु विद्यालयबाट बञ्चित नहुने र यसको लागि सबैले सचेत नागरिकको भुमिका निर्वाह गर्नु पर्ने साथै सम्पूर्ण बालबालिका बालश्रम मुक्त हुनुपर्ने जिल्ला स्तरीय किशोरी सञ्जालका अध्यक्ष दिक्षा गिरीको भनाई थियो । त्यस्तै बालविवाह न्यूनिकरणका लागि अभिभावक शिक्षा अनिवार्य रुपमा सञ्चालन गर्नु पर्ने नगरपालिकाका योजना शाखा प्रमुख मुकुन्द सुवेदीले बताए ।

हाल बढैयाताल गाउँपालिका, राजापुर, बारबर्दिया र गुलरिया नगरपालिकामा प्लान ईन्टरेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम सञ्चालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याक नेपालका कार्यक्रम अधिकृत किशोर चौधरीले बताएका छन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*