सर्लाही सेवा समाज, युएईद्वारा ३ देशका १० जना युवतीहरूको उद्दार

३० फाल्गुन २०७५, बिहीबार ०९:५६

फलेन्द्र बलम्पाकी मगर, युएई-
सर्लाही हरिवन नगरपालिका वडा नम्बर ५ घर भएकी रन्जु बाजु (नाम परिवर्तन) लगायत इन्डिया, श्रीलंका, र नेपालका गरि १० जना युवतीहरू यूएईको अल ऐनमा रहेको अल याहर हाउस मेड रिक्रुटमेन्ट कम्पनीबाट उद्दार गरेको हो ।

नेपालबाट तिर्थ तामाङ नाम गरेको दलालले भारतको बाटो हुँदै युएई ल्याई सुजन तामाङ नाउँ गरेको दलाल मार्फत अल ऐनमा रहेको अल याहर हाउस मेड रिक्रुटमेन्ट कम्पनीमा पुर्याई ओमानमा बेच्न लैजान लागेको र दुबईमा भनेर ल्याइएको र ओमान जान्नभन्दा तिनीहरु सबैलाई विगत ८ महिना देखी कम्पनीको कोठामा बन्धक बनाएर विभिन्न शारीरिक यातना दिदै दिनमा एक छाक मात्र (खबुस) अरबिक रोटि खुवाएर राखिएको छ भन्ने जानकारी सर्लाही सेवा समाज , युएईका निवर्तमान महासचिव बिनेश कार्कीलाई रन्जुकि दाइले सहयोग गरिदिन अनुरोध गरेपछि बिनेश कार्कीले सर्लाही सेवा समाज, युएई लाई पहल गरिदिन अनुरोध गरेका थिए ।

सर्लाही सेवा समाज, युएईका पदाधिकारीद्वय रेकेन्द्र कार्की र अनुराग थपलियाको एक महिना देखिको बिशेष पहल तथा नेपाल एम्बेस्सीको सहयोगमा CID र पुलिस को सहयोगद्धारा बन्दी भएका सबैलाई उद्दार गर्न सफल भएको हो । उद्दारपछि सबैलाई आ–आफ्नो संबधित एम्बेस्सीमा जिम्मा लगाइ दिएका छन् । कम्पनीलाई कानूनी कारबाही गर्न र पीडितहरुलाई क्षतिपूर्ति दिलाई स्वदेश फिर्ता पठाउने प्रक्रियामा रहेको जानकारी नेपाल एम्बेस्सीका श्रम सहचारी भेष बहादुर कार्कीले परिचर्चा न्यूजडटका संवाददातालाई जानकारी गराएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*